2026-09-19 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कंचनपुरको बेल्डाँडीमा कांग्रेस कार्यकर्ताले कांग्रेसलाई भोट नहाल्ने

विमल धामी | जेठ ११, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताले जातिय क्षेत्रीयताको आधारमा टिकट बितरण हुन लागेको भन्दै  कांग्रेसको चर्को बिरोध गरेका छन् ।

बेल्डाँडीको चवन्नी वजारमा विहीवार पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका बेल्डाँडी संस्थापक कार्यकर्ता लगायत असन्तुष्ट कार्यकर्ताले पाटीको चर्को बिरोध गरेका छन् । बेल्डाँडीका अधिकांस कार्यकर्ताले पाटीले सही जनप्रिय नेतालाई टिकट दिनुपर्ने माग राख्दै आएका थिए ।

बेल्डाँडीमा बिगत केही बर्ष यता जातिय क्षेत्रीयता हिसावले पाटी चलाउन खोजिएको कार्यकर्ताको आरोप रहेको छ । 

सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका १२औँ महादिवेशन प्रतिनिधी तथा ११औँ गाउँकार्य समिति सभापती मिन बहादुर खत्रीले भने “ हामीले बेल्डाँडी स्थापनाकाल देखि पाटी संगठन भनेर काम गर्दै आयौँ, ११औँ अधिवेशनको बेला अर्थात माओवादी द्धन्दका बेला नेपाली कांग्रेको मान्छे हुँ भन्न नसकिने बेला आफु लगायत केही सिमित साथीहरुले संगठन बचाउन खुलेरै काम गरेको बताए ।” यहाँ संगठन बचाउने कोही मान्छे नभएरको बेला आफुरुले संगठनलाई यहाँ सम्म पुर्याएको दावी गर्दै भने ‘ अहिले यहाँ जातिय क्षेत्रीय हिसावले टिकट बितरण हुनलागेको हुनाले यिनले पाटी र संगठनको भलो भन्दा हैकमवाद, अवसरवाद, ठालुवाद निम्त्याउने बताए ।’

यस्तै अर्का कार्यकर्ता यज्ञ भट्टले भने “ संगठनको हित चाहने मान्छेलाई टिकट दिनु भन्दा आफ्नो ब्याक्तिगत स्वार्थ मात्र ताक्ने बदमासले टिकट पाउन लागेको आरोप लगाएका छन् । जो माथी नेताको चाकडी बजाउछ त्यसैले टिकट पाउन लागेको प्रति आपत्ती जनाएका छन् ।” उनले भने हामीले चाहेको मान्छेले टिकट नपाए बेल्डाँडीमा काग्रेसलाई भोट नदिने कुरा कार्यकर्ताले बताए । 

यस्तै सामाजिक संजाल फेसबुकमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले युवाले नेतृत्व पाउँनु पर्ने चौंतफी माग गर्दै आएका छन् युवाले नेतृत्व नपाए बेल्डाँडीमा आफुले चाहेको मान्छेलाई भोट दिने ठोकुवा समेत कार्यकर्ताहरु गर्न थालेका छन् ।

यस्तै बेल्डाँडी गाउँपालिका बाट नेपाली कांग्रेसको टिकटका आकांक्षी चन्द्र बहादुर सिहले भने आफुलाई बेल्डाँडीका ६० देखि ८० प्रतिशत कार्यकर्ताले चाहेको दावी गरे । उनले भने “ आफु बुढो पाको भएकाले पनि आफुले टिकट पाए संगठन लाई चुस्त तरिकाले लाजाने कुरा बताए । आफुलाई असन्तुष्ट कार्यकर्ताहरुले बिभिन्न प्रकारको लाल्चना लागाउनु वहाँहरुको धर्म रहेको बताए ।” यसले यहाँ जिते राम्रो काम गरेर हामीहरुको पत्ता साफ हुन्छ भन्ने डरले मेरो बिरोध गर्न लागेको सिंहको आरोप रहेको छ । उनले भने ‘संगठन र पाटीले दिएको जिम्मा आफुले पालना गर्नेमा आफु लागि परेको र पाटीले मलाई नि टिकट दिनेमा ढुक्क रहेको बताए । सिंह २०५४ सालको स्थानीय निकायको चुनावमा पनि बेल्डाँडीमा पराजित भएका थिए ।

 बेल्डाँडी गाउँपालिका अध्यक्षका आकांक्षी ४ जना देखिएका छन् जस मध्ये युवा जनक धामी, चन्द्र बहादुर सिंह, ईश्वरी भट्ट र कृष्ण गिरी रहेका छन् । यस अघि पनि बेल्डाँडी गाउँपालिकाका अध्यक्षका आकांक्षी जनका धामी, ईश्वरी भट्ट, कृष्ण गिरी १ ठाउँमा उभिएका थिए । उनीहरुको भनाई अनुसार हामी ३ जना मध्ये कसैले पनि टिकट पाए हामीहरुलाई स्वीकार्य हुने अन्यथा नहुने यि नेताहरुको भनाई रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता