जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा"/>
२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको प्राचिन कोलिय गणराज्य गाउँपालिकामै सिमिति

१२ जेष्ठ २०७४, शुक्रबार ०४:४६

जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा राखिएको पण्डितपुरलाई नगरपालिकाबाट छुटउदै हाल गाउँपालिकामा सिमिति गरिएको हो ।

पुरातत्व विभागले जिल्लाको साबिक बन्जिरिया गाविसमा पर्ने पण्डितपुरको २ वर्ष अगाडी उत्खनन गर्दा उक्त क्षेत्रमा ईसा पुर्व ७ सय पुरानो प्राचिनता भेटिएको थियो । पुरातत्व  विद तारानन्द मिश्रको उत्खनन टोलीले उत्खनन गर्दा कोलिय गणराज्यको राजधानीमा अन्तो नगर र बाह्य नगर भनि पहिचान गरेको थियो ।

त्यतिबेला उत्खनन गर्दा सो क्षेत्रमा एक दर्जन बढि मौर्यकालिन रिंगवेल (ईनार), पोष्टहोल, ग्रेवर, केहि प्राचिन मुद्रा, कुषांणकालिन भाँणाकुँडा भेटिएको थियो । उत्खनन टोलीले भेटिएका ति प्राचिनकालिन राजधानिका भग्नावेषहरु भेटाएपछि यो कोलिय गणराज्यको राजधानी प्रमाणित गरेको थियो । कोलिय गणराज्य मध्यदेशको काशी राज्य भित्रको एक गणराज्य थियो ।  

कोलिय गणराज्यको राजधानीलाई देवदह, रामग्राम, बगौरतप्पा, ब्यागरपुरी, पण्डितपुर भनेर पाँच नामले चिनिने गरिन्छ । पण्डितपुर भगवान गौतम बुद्धको आमा मायादेवी र गौतम बुद्धको पत्नी यशोधराको जन्म स्थल पनि हो । पण्डितपुर विश्वमै गौतम बुद्धको मावलीको रुपमा चिनिने गरिन्छ ।

अघिल्लो पटक पण्डितपुर क्षेत्रलाई रामग्राम नगरपालिका अन्तर्गत राखिएको भएपनि अहिले पण्डितुरलाई छुटयाएर गाउँपालिका कायम गरेपछि स्थानियबासी असन्तुष्टि व्यक्त गरेका छन् । हाल कायम भएको पण्डितपुर गाउँपालिकामा साबिकका गाविसहरु अमरौड, सुक्रौली, हकुई र बन्जरिया गाभिएको छ ।


त्यसैबिच प्रदेश नंं. ५ मा पर्ने परासी क्षेत्रमा २ वटा नगरपालिका थप भएका छन् । पछिल्लो स्थानिय तहको पुर्न संरचना अनुसार परासी क्षेत्रमा बर्दघाट, सुनवल, रामग्राम गरि ३ वटा मात्र नगरपालिका थिए । तर अहिलेको नयाँ संरचना अनुसार पाल्ही नन्दन र प्रतापपुर पनि नगरपालिकामा परिणत भएको छ । उक्त दुई गाउँपालिका नगरपालिकामा परिणत भएपछि त्यहाँका स्थानियबासीहरु खुशी व्यक्त गरेका छन् । परासी क्षेत्रमा अहिले ३ वटा नयाँ स्थानिय तह पनि थप भएका छन् जसमा रामनगर गाउँपालिका, पण्डितपुर गाउँपालिका र भुजहवाँ गाउँपालिका पर्दछन् । हाल परासी क्षेत्रमा ५ नगरपालिका र ५ गाउँपालिका गरि १० स्थानिय तह बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने