८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो (को-को परे ?)

१२ जेष्ठ २०७४, शुक्रबार ०७:३७

जेठ १२, रोल्पा | यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् । 

एक नगरपालिका र नौ गाउँपालिकासहित १० स्थानीय तह रहेको रोल्पामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् । 

जिल्लाको रोल्पा नगरपालिकाबाट काँग्रेसले पूर्व सांसद लेखनाथ आचार्यलाई प्रमुखको उम्मेदवार बनाएको छ भने उपप्रमुखमा नेपाल महिला सङ्घकी केन्द्रीय सदस्यसमेत रहेकी मिश्री हमालले उम्मेदवारी दिने बताइएको छ । 

यसैगरी, एमालेले प्रमुखमा मीना शर्मालाई अघि सारेको छ भने उपप्रमुखमा नन्दकुमार आचार्य उठ्ने तयारी भएको एमाले रोल्पाले बताएको छ । 

यसैगरी, माओवादी केन्द्रले नगरपालिकाको प्रमुखमा पूर्णबहादुर केसीलाई उठाउने भएको छ भने उपप्रमुखमा मनकुमारी घर्तीले उम्मेदवारी दिनुहुने भएको छ । नगरपालिकामा पूर्व जिविस सभापति भइसकेका राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगरले समेत प्रमुखमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

जिल्लामा आफ्नो दल एक्लै प्रतिस्पर्धामा जाने गरी तयारी गरिरहेको माओवादी केन्द्र रोल्पाका संयोजक सुरेन्द्र घर्तीमगरले बताउनुभयो । यता माओवादी केन्द्रबाहेकका दलले साझा उम्मेदवार उठाउने चर्चासमेत चलेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारले यसअघि ५ नं प्रदेशबाट रोल्पा जिल्लालाई छुट्याउन संसद्मा पेस गरेको संविधान संशोधन विधेयकका विरुद्ध माओवादी केन्द्रबाहेकका दलले लामो समयसम्म आन्दोलन गरेका थिए । त्यही आन्दोलनकारीहरुको मोर्चा कायम राख्न भन्दै साझा उम्मेदवारी दिने चर्चासमेत सुनिन थालेको छ । 

नगर क्षेत्रमा सबै दलले एक्लाएक्लै उम्मेदवारी दिए काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ । काँग्रेसका प्रत्यासी लेखनाथ आचार्य सांसद भइसकेका व्यक्ति हुन् भने माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार केसी पनि युवा नेता भएकाले यी दुईको प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । 

साविक लिवाङ, खुमेल, धवाङ, ह्वामा, जंकोट र कोटगाउँ पूरै एवम् कोर्चवाङ र जेद्वाङका केही वडा समायोजन गरी रोल्पा नगरपालिका बनाइएको छ । 

माओवादी केन्द्रका वरिष्ट नेता एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्व अर्थमन्त्री एवम् माओवादी केन्द्रका प्रभावशाली युवा नेता वर्षमान पुन र सभामुख ओनसरी घर्तीमगरको गृह नगर यस नगरपालिकाको निर्वाचनलाई धेरैले चासोका रुपमा हेरेका छन् । 

मुख्य तीन राजनीतिक दलका साथै अन्य दल र स्वतन्त्र उम्मेदवारले समेत गाउँ गाउँ पुगी प्रचारप्रसारलाई तीव्र बनाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध विपद् व्यवस्थापनमा विश्व बैंकले नेपाल सरकारलाई १५० मिलियन डलर ऋण दिने रवि लामिछाने र छविलाल जोशीलाई म्याद थपका लागि एकसाथ अदालतमा पेस गरिँदै नेपाल जापानसँग ९–२ गोल अन्तरले पराजित