जेठ १२, धादिङ (मलेखु) | निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, धादिङ (मलेखु) | निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

गाउँपालिकाका अध्यक्षको मोटरसाइकल दुर्घटना, सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

१२ जेष्ठ २०७४, शुक्रबार ०८:५३

जेठ १२, धादिङ (मलेखु) | निर्वाचित भएपछि मतदाताको घरघरमा पुगेर धन्यवाद दिने र मतदातासँग सुझाव लिने उद्देश्यले गाउँ भ्रमणमा निस्किएका गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ आज मोटरसाइकल दुर्घटनामा घाइते हुनुभएको छ । 

गल्छी गाउँपालिका–४ तर्फ कच्चीबाटोमा मोटरसाइकल पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक शिव पौडेल पनि घाइते हुनुभएको बैरेनी प्रहरी चौकीले जानकारी दिएको छ । 

घाइतेको बैरेनीमा रहेको सेनाको ६ नं बाहिनीमा प्राथमिक उपचारपछि सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरिएको गल्छी गाउँपालिकाका एमाले नेता नरेश खतिवडाले जानकारी दिनुभयो । 

घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । अध्यक्ष श्रेष्ठको करङको हड्डी भाँचिएको र मोटरसाइकल चालक पौडेलको हातको पाता खुस्केको अवस्थामा उद्धार गरिएको थियो । 

श्रेष्ठ गल्छी गाउँपालिका–४ को चिनियाँखर्क, ज्यामिरचौर, कार्कीडाँडाका मतदातालाई घरदैलोमै पुगेर धन्यवाद दिने र मतदाताको सुझाव लिने कार्यक्रममा गाउँ गएको गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा