२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा चार महिला प्रमुखका उम्मेदवार

१३ जेष्ठ २०७४, शनिबार ०३:४८

जेठ १३, काँकडभिट्टा | झापामा साना ठूला दल गरी चार जना महिलाले प्रमुख पदको उम्मेदवारी पाएका छन् । 

सोअनुसार नेकपा (एमाले)ले कमल नगरपालिकामा मेनुका काफ्ले र नेपाली काँग्रेसले गौरीगन्ज गाउँपालिकामा फूलमति राजवंशीलाई अध्यक्षमा उम्मेदवार बनाएका छन् । 

पन्ध्र स्थानीय तह रहेको झापामा काँग्रेसले आठ तह र एमालले नौ तहमा उम्मेदवार चयन गरिसकेका छन् । बाँकी रहेका तहमा महिलालाई उपप्रमुख पदमा सीमित बनाइएको छ । 

नेकपा(माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने जिल्लाभर उपप्रमुखमा मात्र महिलाको उम्मेदवारी तय गरेको छ । त्यसैगरी नयाँ शक्ति पार्टी झापाले मेचीनगर र अर्जुनधारा नगरपालिकामा क्रमशः पनिता ढकाल र देवकला प्रसाईंलाई प्रमुखको उम्मेदवारमा चयन गरेको छ । 

एकतिस दल दर्ता रहेको झापामा तीन पार्टीबाट चार जना मात्र उम्मेदवार हुनु सन्तोषजनक नरहेको अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष जसमाया गजमेरले बताउनुभयो । नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सुशीला ढकालले संविधानले दिएको अधिकारसमेत नदिई निर्णायक तहमा महिलालाई अवसर नदिँदा मुख्य पदबाट विमुख हुनुपरेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव