२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

१३ जेष्ठ २०७४, शनिबार ०४:१०

जेठ १३, पोखरा | पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् । 

एमालेका तर्फबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले सात वडामा समूह र चार वडामा वडाध्यक्ष जितेको छ । 

एमालेले समूह जितेका वडा नं मा १, ५, ७, १३, १४, १५ १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ छन् । ती वडामा वडाध्यक्ष क्रमशः शारदा पराजुली, धनबहादुर नेपाली, रामचन्द्र बराल, लेखबहादुर तामाङ, प्रेम कार्की, प्रकाश पौडेल, जीवनप्रसाद आचार्य, तीर्थराज अधिकारी, रणबहादुर थापा, शोभामोहन पौडेल, सिम गुरुङ, खगराज आचार्य, ओमप्रसाद सुवेदी, शोभाखर तिमिल्सिना, नारायणप्रसाद बराल, निर्मल दियाली सुनार, चेतबहादुर गुरुङ, श्रीराम पोखरेल, कमलबहादुर थापा र शिवप्रसाद आचार्य एमालेका हुनुहुन्छ । त्यस्तै मिश्रित मतपरिणाममा वडा नं ८ मा रुद्रनाथ बराल र २२ मा मित्रराल बराल एमालेका तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको छ । 

यस्तै काँग्रेसले वडा नं २, ३, ४, ९, १०, २३ र २७ मा समूहसहित वडाध्यक्ष जितेको छ । ती वडामा क्रमशः रामेश्वर मल्ल, रवीन्द्रबहादुर प्रजु, शङ्करप्रसाद कोइराला, रामराज लामिछाने, राजकुमार गुरुङ, विष्णुप्रसाद पराजुली र पूर्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

काँग्रेसले मिश्रित मत परिणाममा जित्न हासिल गरेका वडा नं ६ मा जगतबहादुर पहारी, ११ मा मोहनप्रसाद बाँस्तोला, १२ मा रामबहादुर कार्की र ३२ मा अक्कलबहादुर कार्की हुनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो