२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरा महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

२०७४, १३ जेष्ठ शनिबार ०४:१०

जेठ १३, पोखरा | पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् । 

एमालेका तर्फबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले सात वडामा समूह र चार वडामा वडाध्यक्ष जितेको छ । 

एमालेले समूह जितेका वडा नं मा १, ५, ७, १३, १४, १५ १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ छन् । ती वडामा वडाध्यक्ष क्रमशः शारदा पराजुली, धनबहादुर नेपाली, रामचन्द्र बराल, लेखबहादुर तामाङ, प्रेम कार्की, प्रकाश पौडेल, जीवनप्रसाद आचार्य, तीर्थराज अधिकारी, रणबहादुर थापा, शोभामोहन पौडेल, सिम गुरुङ, खगराज आचार्य, ओमप्रसाद सुवेदी, शोभाखर तिमिल्सिना, नारायणप्रसाद बराल, निर्मल दियाली सुनार, चेतबहादुर गुरुङ, श्रीराम पोखरेल, कमलबहादुर थापा र शिवप्रसाद आचार्य एमालेका हुनुहुन्छ । त्यस्तै मिश्रित मतपरिणाममा वडा नं ८ मा रुद्रनाथ बराल र २२ मा मित्रराल बराल एमालेका तर्फबाट वडाध्यक्षमा विजयी हुनुभएको छ । 

यस्तै काँग्रेसले वडा नं २, ३, ४, ९, १०, २३ र २७ मा समूहसहित वडाध्यक्ष जितेको छ । ती वडामा क्रमशः रामेश्वर मल्ल, रवीन्द्रबहादुर प्रजु, शङ्करप्रसाद कोइराला, रामराज लामिछाने, राजकुमार गुरुङ, विष्णुप्रसाद पराजुली र पूर्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । 

काँग्रेसले मिश्रित मत परिणाममा जित्न हासिल गरेका वडा नं ६ मा जगतबहादुर पहारी, ११ मा मोहनप्रसाद बाँस्तोला, १२ मा रामबहादुर कार्की र ३२ मा अक्कलबहादुर कार्की हुनुहुन्छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा