जेठ १३, काठमाडौँ | निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । 

निजमती कर्मचारीको क्"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौँ | निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । 

निजमती कर्मचारीको क्"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निजामति कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

२०७४, १३ जेष्ठ शनिबार ११:४२

जेठ १३, काठमाडौँ | निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । 

निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

सङ्घका अध्यक्ष सुवास देवकोटासहितको टोलीले उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई लिखित रुपमै कर्मचारीलाई जलविद्युत् आयोजना बनाउन दिने व्यवस्था गर्न मागपत्रमार्फत आग्रह गरिसकेको छ । निजामती सेवामा कार्यरत सबै निजामती कर्मचारी र पेन्सन होल्डरले १ देखि २ महिनाको तलब स्वेच्छिक रुपमा बीउ पूँजीको रुपमा उठाउने, ३० प्रतिशत पुँजी निजामती कर्मचारीका लागि साधारण सेयर निष्काशन गरेर जम्मा गर्ने तथा बाँकी रहने अन्य रकम विभिन्न वित्तीय संस्थाबाट ऋण समेत लिन सकिने सङ्घले अर्थमन्त्रीलाई बुझाएको मागपत्रमा उल्लेख छ । 

सङ्घका अध्यक्ष देवकोटाले ‘उज्यालो नेपाल’ अभियानलाई साकार बनाउन निजामती कर्मचारीका तर्फबाट पनि केही सहयोग होस् भन्ने हेतुले अर्थ मन्त्रालयसँग त्यसखालको प्रस्ताव गरिएको जानकारी दिनुभयो । 

आगामी आवको बजेट वक्तव्यमा अर्थ मन्त्रालयले सोसम्बन्धी व्यवस्था गरिदिए २०७८ असार मसान्तभित्र ४०० देखि ५०० सय मेगावाट विद्युत् उत्पादन गर्न सकिने उहाँको भनाइ छ । तर कानुनी रुपमा निजमती कर्मचारीलाई जलविद्युत् उत्पादनमा लगाउने, अनुमति प्रदान गर्ने व्यवस्था छैन । 

निजामती कर्मचारीले जलविद्युत् आयोजनामा लगानी गर्ने तीव्र इच्छा व्यक्त गरेका छन् । त्यसका लागि नीतिगत निर्णय आवश्यक रहेकाले आगामी आवको २०७४÷७५ को बजेट वक्तव्यमा त्यस्तो व्यवस्था गरिदिन अर्थमन्त्रीलाई आग्रह गरिएको अध्यक्ष देवकोटाले बताउनुभयो । 

कर्मचारीको आग्रहमा उपप्रधान एवम् अर्थमन्त्री महराले पनि माग जायज भएको भन्दै सक्दो सहयोग गर्ने बचन दिनुभएको छ । “यो त अत्यन्तै राम्रो काम भन्दै अर्थमन्त्रीज्यू निकै सकरात्मक हुनु भएको छ,”– अध्यक्ष देवकोटाले भन्नुभयो, “उज्यालो नेपाल अभियानलाई विशेष प्राथमिकता दिएको सरकारले हाम्रो मागको सुनुवाइ गर्नेमा हामी विश्वस्त छौँ । नेपालको सन्दर्भमा यो नौलो प्रयोग समेत हुन्छ ।” 

कर्मचारी सङ्घले जलविद्युत् आयोजना निर्माणका लागि आफ्नो अवधारणापत्र र संरचनागत ढाँचासमेत बुझाएको छ । त्यसमा ३० प्रतिशत कर्मचारीको स्वपूँजी रहनेछ । यस्तै १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई सेयर दिने र बाँकी ६० प्रतिशत पुँजी कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा रहेको निजामती कर्मचारीको पैसा ऋणबाट लिने र अन्य वित्तीय संस्थालाई समेत लगानीमा सहभागी गराउन सकिने बताइन्छ । 

आयोजना पहिचान गरेर अनुमतिपत्र लिने व्यवस्था गरिदिन विद्युत् विकास विभागलाई आग्रह गरिसकिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली