2026-07-24 07:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

एमालेले दार्चुलाका ९ ओटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगायो

लोकेन्द्र प्रशाद जोशी | जेठ १३, दार्चुला | संघिय संरचना अनुसार २ ओटा नगरपालीका र ७ ओटा गाउँपालीका गरी कुल ९ ओटा स्थानिय तह रहेको दार्चुला जिल्लामा प्रमुख राजनितिक दलहरुले उम्मेदबारी टुंगो लगाएका छन ।

एमाले जिल्ला कमिटि सचिवालय बैठकले महाकाली नगरपालिका र दुहूँ गाउँपालिकाको प्रमुख पदको टुंगो लगाए संगै सबै स्थानीय तहको टुंगो लागेको जनाएको छ । 

एमाले जिल्ला सचिवायल बैठकमा एमाले केन्द्रिय उपाध्यक्ष एवं प्रदेश नम्बर सातका संयोजक भीम रावल, एमाले केन्द्रिय सदस्य तथा दार्चुलाबाट निर्वाचित व्यवस्थापिका सांसद गणेशसिँह ठगुन्ना लगायतको सहभागितामा उम्मेदवारको टुङ्गो लगाइएको हो । 

महाकाली नगरपालिकाको प्रमुख पदमा नरसिँह चैसिर र उपप्रमुखमा दुर्गा धामीलाई उम्मेदवार छनौट गरिएको एमाले जिल्ला कमिटि प्रचार विभाग प्रमुख खडक बडालले जनाकारी दिनुभयो । दुहू गाउँपालिकाका अध्यक्ष पदमा नरेन्द्रबहादुर बडाललाइ उम्मेदावार बनाएको छ  भने उपाध्यक्षको टुंगो पनि १/२ दिनभित्रै लगाइने एमालेले जनाएको छ । अन्य सात ओटा स्थानीय तहमा एमालेले यसअघि नै उम्मेदारको टुंगो लगाएको थियो ।

जसअनुसार एमालेले अपि हिमाल गाउँपालिका प्रमुखमा धर्मानन्द मन्याल, उपप्रमुख उर्मीला बोहरा, मार्मा गाउँपालिकामा प्रमुख देवसिह महर उपप्रमुखमा कमला विष्ट, नौगाड गाउँपालिका प्रमुख प्रेमसिह धामी र उपप्रमुखमा गौरी ठगुन्नाले टिकट पाएका छन् । यसैगरी शैल्य शिखर नगरपालिका प्रमुखमा गंगादत्त जोशी र उपप्रमुखमा कलावती धामी खडाययत, लेकम गाउँपालिका प्रमुख प्रमानन्द जोशी र उपप्रमुखमा टुंगो लाग्न बाकी रहेको छ । भने मालिकार्जुन गाउँपालिका प्रमुख मोहनसिह धामी र उपप्रमुखमा पुष्पा अवस्थी र ब्यास गाउँपालीका प्रमुखमा दिलिप सिह डडाल र उपाध्यक्षमा तिरा कुवरलाइ टिकट दिएको छ । 

यसैगरी नेपाली काग्रेस दार्चुलाले जिल्लाका ९ वटै तहका प्रमुखहरुको उम्मेदवार टुंगो लगाएको छ । 

नेपाली काग्रसले महाकाली नगरपालिकामा हंशराज भट्टलाई मेयरको टिकट दिएको छ । महाकाली नगरपालिकामा उपमेयर पदको टुंगो भन्न लाग्न बाकी छ । 

अपि हिमाल गाउँपालिका प्रमुखमा लोकेन्द्रसिह लोथ्याल र उपप्रमुखमा देवकी ठेकरे, मार्मा गाउँपालिकामा प्रमुख गोपालदत्त जोशी र उपप्रमुखमा निर्मला सिंह, नौगाड गाउँपालिकामा प्रमुख जगतसिह ठगुन्ना र उपप्रमुख लालमति धामी बोहरा, दुहु गाउँपालिकामा प्रमुख पुलेन्द्रबहादुर कार्की र उपप्रमुख इश्वरी जोशी र व्यास गाउँपालिकामा प्रमुख दिलिप बुढाथोकी र उपप्रमुख हेमा भट्टलाई टिकट दिएको छ । यस्तै उता मालिकार्जुन गाउँपालिकामा प्रमुख नरेन्द्रसिह धामी र उपप्रमुखमा संगीता चन्द तथा लेकम गाउँपालिका प्रमुखमा उत्तम नाथ र उपप्रमुख पद भने छनौट गर्न बाकी रहेको काग्रेस सचिव गोवर्धन कोलीले जानकारी दिनुभयो । यस्तै केहि गाउँपालिका र नगरपालिकाका वडाअध्यक्ष र सदस्य पदको टुंगो लाग्न बाकी रहेको काग्रेसले जनाएको छ । 

यस्तै नेकपा माओबादी केन्द्र दार्चुलाले जिल्लाभरी यसअघिनै प्रमुख र उपप्रमुख पदको टुंगो लागीसकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक