जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तह"/>

2026-06-28 05:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाको लाठी जुलुस, फोरम र नँया शक्ति पनि सहभागी


जेठ १४, नवलपरासी | राष्ट्रिय जनता पार्टी नेपालले (राजपा) आज परासी सहित मधेसका विभिन्न ठाँउहरुमा  लाठी जुलुस प्रदर्शन गरेको छ । सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचन गराउन लागेको विरोधमा राजपाले पूर्व निर्धा्रित कार्यक्रम अनुसार लाठी जुलुस निकालेको मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीले जानकारी दिनुभयो ।

लाठी जुलुस कार्यक्रम राजपाका नेता कार्यकर्ता सहित , संघिय समाजवादी फोरम नेपाल लोकतान्त्रिक फोरम तथा नँया शक्ति नेपालका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । लाठि जुलुस प्रदर्शन गर्दै मधेस केन्द्रित दलका नेताहरुले अहिलेको अवस्थामा मधेसका लागि स्थानीय चुनाव धोखा भएको भन्दै चुनाव विरोधी नाराबाजी गरेका थिए ।

यस्तै मोर्चाका कार्यकर्ताहरुले अन्य पार्टिहरुले चुनाव प्रचार प्रसारका लागि झुन्ड्याईएको झन्डा च्यातेका छन् भने चुनाव प्रचार प्रसार कार्यालयमा समेत आक्रमण गर्ने प्रयास गरेका थिए । लाठि जुलुस प्रदर्शन पछि सदरमुकाम परासीमा आयोजित कोणसभामा नेताहरुले मधेसमा स्थानीय तहको सँख्या थप्नु पर्ने , राजपाको दल दर्ता गरी छाता चुनाव चिन्ह दिनुपर्ने , मधेस  आन्दोलन सँग सम्बन्धित मुद्धाहरु फिर्ता लिनुपर्ने बताएका थिए । मधेसको मांग सम्बोधन नभए मधेसमा चुनाव गर्न नदिने नेताहरुले चेतावनी समेत दिएका छन् भने अन्य पार्टिहरुलाई चुनावी गतिबिधि अगाडि बढाउन समेत अवरोध गरका छन् ।

मोर्चाले सदरमुकाम परासी , बेलासपुर , महेशपुर , गोपिगँज , गुठिप्रसौनी लगायतका ठाँउहरुमा बिरोधका कार्यक्रमहरु गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी