टेक शाही | जेठ १४, डोल्पा | महिनावारि दिवस २०१७ को अबसरमा डोल्पा जिल्लामा रहेका महिला म्यादि प्रहरिलाइ सेनेटरि प्याड बितरण गरिएको हो । महिनावारि सप्ताह्को समापन कार्यक्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | जेठ १४, डोल्पा | महिनावारि दिवस २०१७ को अबसरमा डोल्पा जिल्लामा रहेका महिला म्यादि प्रहरिलाइ सेनेटरि प्याड बितरण गरिएको हो । महिनावारि सप्ताह्को समापन कार्यक्रम"/>

२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मे २८ सन २०१७ को अबसरमा महिला म्यादी प्रहरिलाई सेनेटरि प्याड बितरण गरियो

१४ जेष्ठ २०७४, आईतवार १३:२५


टेक शाही | जेठ १४, डोल्पा | महिनावारि दिवस २०१७ को अबसरमा डोल्पा जिल्लामा रहेका महिला म्यादि प्रहरिलाइ सेनेटरि प्याड बितरण गरिएको हो । महिनावारि सप्ताह्को समापन कार्यक्रममा उपस्थिति भएका ६२ जना महिला म्यादि प्रहरिलाइ सेनेटरि प्याड बितरण गरिएको जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समिति डोल्पाले जानकारि दिएको छ । 

महिनावारि प्राकृतिक प्रकिया हो यो लाज नभैइ गर्भको बिषय हो यस बारे खुलेर कुरा गारै भन्ने मुल मन्त्रका साथ आत्मसाथ गर्दै डोल्पा जिल्लामा भब्य रुपमा महिनावारि सप्ताह मनाइएको छ । महिनावारि सम्बन्धी जानकारि द्धारा बदलिन्छ दुनिया सारा भन्ने मुख्य नारा सहति बृहत र्यालीका गरि महिनावारि सप्ताह्को समापन गरिएको किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले जानकारि दिनु भयो । 

महिनावारि भएको बेलामा हरेक महिलाले दैनिक सरफाइ गर्नु पर्ने र सन्तुलित खानाका साथै आरामको ब्यवस्था गराउनु पर्ने बारेमा जनचेतना जोगाउने बारेमा महिलाहरु अग्रसर हुन सकुन भन्ने उद्धेश्यले यस्ता कार्यक्रमको गर्नु आवास्यक रहेको सारोकारवालाको सुझाव रहेको थियो । डोल्पामा हाल पनि महिनावारि भएको बेलामा लाज मान्ने खुलेर कुरा गर्न नँसक्ने र सरफाइमा समस्या आउने भएकोले धार्मिक सँस्कार भन्दा पनि सरसफाइमा जागरुक गराउन पर्ने सबैको जोड रहेको छ । 


स्थानिय तहको निर्वाचनमा सँलग्न महिला म्यादि प्रहरिहरु सबै युवतिहरु भएको र सबै भन्दा धेरे महिनावारिको समस्या पनि युवतिले नै भोग्नु पर्ने भएको कारण युवतिहरुलाइ नै लक्षित गरिएको नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पाका खानेपानि तथा सरसफाइ जिल्ला सँयोजक टेकम ओलीले बताउनु भयो । कसैका बुहारि भए पनि र युवति नै पनि भोलीका दिनमा बुहारि हुने र घरमा पनि छोरी चेलीले महिनावारिका बेलामा समस्या भोग्नु पर्ने भएको कारण युवति या महिलाहरुनै जनचेतनामा अगि बढ्न जागरुक गएिको थियो । 

महिनावारि प्राकृतिक प्रकृया भएको र डोल्पा जिल्लामा धार्मिक चेतना अर्थात धामी प्रथाको कारण महिनावारि भएको बेलामा महिला वा यूवतिले घरको भान्सा छुन नमिल्ने छुट्टै घर वा कोठामा बस्नु पर्ने स्वास्थय र सुरक्षाको शिसावले पनि असुरक्षित हुने भएको कारण पनि महिला तथा युवतिहरु दैनिक जोखिममा भएको पाइएको छ । र्धामिक तथा धामी प्रर्थाको चेतनाबाट टाढा रहि आफनै घरबाट महिनावारिको बेलमा स्वस्थ र हेरबिचारमा सबै लाग्न पर्ने भनि जनचेतना जोगाउन महिला नै लाग्नु पर्ने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अदालतको आदेशलगत्तै १० लाख बुझाएर अन्जला कोइराला रिहा लेखा समिति सभापति ऋषिकेशपत्नी अन्जलासँग १० लाख धरौटी माग बुवा र भाइको ज्यान लिने मिलन– ‘मलाई कम सजाय दिलाइदिनुस्, छुटेपछि मैले आमालाई हेर्नुपर्छ’ बङ्गलादेशले रद्द गर्‍यो शेख हसिनाको पासपोर्ट पर्यटन राज्यमन्त्री चौधरीविरुद्धको मुद्दामा फेरि सर्‍यो निसु विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली राजदूतलाई परराष्ट्रमन्त्रीको आग्रह अस्ट्रेलियामा मृत्यु भएकी नर्स दीक्षाबारे नयाँ खुलासा लगातार दोस्रो दिन बढ्यो नेप्से, कारोबार रकम पनि वृद्धि ड्युटीमै ढलेका प्रहरी सहायक हवल्दारको मृत्यु रवि लामिछाने पक्षका वकिलको बयान सकियो, हिरासतमुक्त होलान् ? मूलपानी क्रिकेट मैदानको स्रोत सुनिश्चितता गर्न निर्देशन बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ