महेन्द्र केसी

मुख थुनिएको छैन 

काम गर्ने हातहरु बाँधिएका छैनन्

हिडडुल गर्न पनि रोकछेक छैन

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी

मुख थुनिएको छैन 

काम गर्ने हातहरु बाँधिएका छैनन्

हिडडुल गर्न पनि रोकछेक छैन

2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कविता – के यहि हो गणतन्त्र ?

May 29, 2017

महेन्द्र केसी

मुख थुनिएको छैन 

काम गर्ने हातहरु बाँधिएका छैनन्

हिडडुल गर्न पनि रोकछेक छैन

के म यसैलाई गणतन्त्र मानु ।

परिभाषा फेरिएको छ

तर शासन फेरिएको छैन ।

राणा शासन भन्दा यहाँ गणतन्त्रमा लोक

पीडित भनिरहेका छन् ।

सुत्र्तीको खोल टक्टकाएर

गोजिको भुसाय टक्टकाएर

एक सर्को तान्न पनि धौधौ छ 

के यहि हो गणतन्त्र ?


गरिबको नाङ्गो शरिरले गणतन्त्र मागेको छ

गरिबको भोको पेटले गणतन्त्र मागेको छ

गरिबको घाम र पानी नओत्ने झुपडीले गणतन्त्र खोजेको छ

तर 

प्रजातन्त्र कुन ठाउँमा आइपुगेको छ 

नागरिकलाई पत्तो छैन ।

बलिदान, त्याग र समर्पणको मुल्य छैन 

के यहि हो गणतन्त्र ?


सिंहदरबारबाट गुन्जिने आवाजहरु

संसदबाट बर्सिने कुर्सीको बारुद गोलीहरु

परिर्वतनको नाउमा 

हजारौ नागरिकको बलिदिएर

त्याइएको परिर्वतनरुपी

के यहि हो गणतन्त्र ?


नागरिकलाई विदेशमा बचेर

रेमिटान्समा बाँचेको मेरो देश 

परिर्वतनको नाउमा पटकपटक

युद्ध र आन्दोलनमा होमिएको मेरो देश 

बुद्धको तपोभूमिबाट सिन्चित छ या छैन 

मलाई विश्वास छैन ।

किनकी

हरप्रहर

एक चेली बलात्कृत हुन्छे 

रगतको खोला बग्छ ।

एक दलित, असाहय, गरिब 

यहि समाजका गणतन्त्रबादी राणाहरुबाट शोषित हुन्छन्

मलमूत्र समेत खुवाइन्छ ।

नाङ्गो पारी समाजमा डुलाइन्छ ।

के यहि हो गणतन्त्र?


गणतन्त्रले बोलको छ एक 

भएको छ अनेक 

राणाशासनमा एकैचोटी फाँसी दिइन्थो 

तर 

यहाँ जिवनको हरेक पलपलमा 

फाँसी दिइएको छ ।

स्त्रीको अस्तित्व स्वीकारीएको छैन ।

बृद्ध, बालकको कुनै महत्व मानिदैन ।

कति चाँडो तन्नेरी नभइ संसनघाट पुगेछ ।

यदी तन्नेरी भएको भए,

मैले खेलेको हाँसेको 

साथमा जोस जाँगर भएको देख्ने थिए होला

यसको  कुनै बालपन, यौवनको त्यो आँधीवेहोरी कसैले महसुस गरेकै छैन ।

त्यसैले अर्थ र महत्व मैले देख्न सकेको छैन । 


केबल नारामा मात्रै समिति बनेको मेरो गणतन्त्र

भाषण र भाषामा मात्रै समिति मेरो गणतन्त्र

खै कुन आधार र अधिकारले म सलामी दिऊ

राणाशासन भन्दा पनि बलवान र शक्तिशाली बनिरहेको

दलको खुट्टाको मोजा बनिरहेको छ ।

मेरा गणतन्त्र ।


पालैपालो घिसारी रहेका छन् नेताहरु

कुनाकुनाबाट च्यातिएको छ ।

छेउमा बस्नै नसक्ने गरी गन्हाएको छ ।

नागरिकको लागि हात्तीको बाहिरी दाँत भन्दा रतिभर फरक छैन

दलको दलदलको जालोमा फसेको

सिंहदरबार र संसदबाट कुर्लिएको

कुकुरको पुच्छुर जस्तै टाँगामुनि रुमलिएको 

के यहि हो गणतन्त्र ?।


पर्वत ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते