Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

बुढीगण्डकी आयोजना अन्तर्गत मुआब्जा र पुनर्वासको लागि १० अर्ब बजेट

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट ०७४ /०७५ मा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि १० अर्ब १७ करोड रकम बिनियोजन गरिएको छ ।

अघिल्लो बजेटमा सरकारले बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड रकम छुट्टाएको थियो । बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको कम्पनी दिएको सरकारले विनियोजित १० अर्ब रकम मुआब्जा विनियोजन तथा पुनर्बासका लागि छुट्टाएको अर्थमन्त्री कृष्णबहादुर महराले जनाएका छन् ।

राष्ट्रिय गौरवको आयोजना निर्माणलाई प्राथमिकतामा राख्दै सरकारले अबको सात वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको समेत जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको १२०० मेगावाट क्षेमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा यस अघि नै चाइना गेजुवा ग्रुप कम्पनीलाई दिएको छ ।