२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापामा माओवादीको उम्मेदवारी घोषणा धमाधम

१६ जेष्ठ २०७४, मंगलवार ११:२१

जेठ १६, झापा । नेकपा माओवादी केन्द्रले झापाका स्थानीय तहमा उम्मेदवारी घोषणा धमाधम गरिरहेको छ । 

पार्टीले आसन्न चुनावलाई लक्षित गरेर औपचारिक कार्यक्रममार्फत उम्मेदवार चिनाउन थालेको हो । यसैक्रममा पार्टीले झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षसहित सबै वडामा उम्मेदवार तय गरी घोषणा गरेको छ । 

सो गाउँपालिकाको अध्यक्षमा खड्गबहादुर तिम्सिना र उपाध्यक्षमा अस्मितकला लिम्बूसहितका उम्मेदवार सार्वजनिक गरिएको हो । पार्टीले वडा नं १ को वडा अध्यक्षमा पूर्णप्रसाद सञ्जेल, वडा नं २ मा दिवामाया अधिकारी, ३ मा डिल्लीराम श्रेष्ठ, ४ मा नारायण ढुङ्गाना, ५ मा विक्रम सालिङ, ६ मा प्रदीप खतिवडा र ७ मा मात्रिका पौडेललाई उम्मेदवार बनाइएको छ ।

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य धर्मशीला चापागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता निर्वाचन प्रचारप्रसार समितिका संयोजक बोधराज दाहालले गरेका थिए। उम्मेदवारी घोषणासँगै पार्टीले बुद्धशान्तिलाई देशकै नमुना गाउँ बनाउने ३२ बुँदे प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा