जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताको आमरण अनशन

२०७४, १६ जेष्ठ मंगलवार १३:३५

जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्ताले आमरण अनशन सुरु गरेका छन् ।

आफन्तलाई मात्र टिकट दिन  केन्द्रबाट नै तयारी भएको भन्दै गन्यापधुरा गाउँपालिकाका स्थानीय नेता तिलक हमालले मंगलवार विहान १० वजेदेखि आमरण अनशन सुरु गरेका हुन् । 

 जनताले चाहेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा उनले अनशन सुरु गरेका हुन् । अनशन बसेका हमाल गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पदका आकांक्षी हुन् ।

 सभापति देउवाको पुर्ख्यौली घर पनि सोही गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । ‘जनताले चाहेको व्यक्तिलाई पार्टीले टिकट दिनुपर्छ’ हमालले भने ‘त्यस्तो व्यक्तिलाई टिकट नदिएसम्म म अनशन तोड्दिन ।’

 उनले देउवाको गृहजिल्लामा गुटबन्दीको राजनीति हावी भएको समेत आरोप लगाएका छन्। देउवाको गृह जिल्लामा अन्य सबै राजनीतिक दलले उम्मेदवार चयन गरे पनि नेपाली कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन् ।

डडेल्धुरामा कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउनमा सकस

डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा कांग्रेलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो ।

 कांग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् ।

 छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन। दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्।

 निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो । कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख–उपप्रमुख, गाउँपालिका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उमेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ ।

 नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको छनोट गरेका भएपनि नेपाली काँग्रेसको भने अन्योल रहेको छ । सबैभन्दा ठूलो दल एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसले पर्शुराम नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको भएपनि अन्य स्थानीय प्रतिनिधिको टुङ्गो लगाउन भने सकेको छैन ।

 २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसभित्र धेरैजना उम्मेदवारका आकांक्षी भएका कारण उम्मेदवारी छनोटमा ढिलाइ भएको काँग्रेस नेताको भनाइ रहेको छ ।

 डडेल्धुरामा सबैभन्दा पहिले सबै वडा तथा गाउँपालिकामा नभए पनि सहमति जुटेका स्थानमा राष्ट्रिय जनमोर्चाले सञ्चारकर्मी समक्ष उम्मेदवारको नामावली र कार्यक्रम सार्वजनिक गरेको छ । अन्य कुनै पनि पार्टीले उम्मेदवारको नामावली सार्वजनिक गरेका छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ