जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाको गृहजिल्लामा कांग्रेस कार्यकर्ताको आमरण अनशन

१६ जेष्ठ २०७४, मंगलवार १३:३५

जेठ १६, डडेल्धुरा । स्थानीय तह निर्वाचनको उम्मेदवार चयन मनोमानी गरिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा डडेल्धुरामा एक कांग्रेस कार्यकर्ताले आमरण अनशन सुरु गरेका छन् ।

आफन्तलाई मात्र टिकट दिन  केन्द्रबाट नै तयारी भएको भन्दै गन्यापधुरा गाउँपालिकाका स्थानीय नेता तिलक हमालले मंगलवार विहान १० वजेदेखि आमरण अनशन सुरु गरेका हुन् । 

 जनताले चाहेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय डडेल्धुरामा उनले अनशन सुरु गरेका हुन् । अनशन बसेका हमाल गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पदका आकांक्षी हुन् ।

 सभापति देउवाको पुर्ख्यौली घर पनि सोही गाउँपालिकाको वडा नम्बर १ मा पर्छ । ‘जनताले चाहेको व्यक्तिलाई पार्टीले टिकट दिनुपर्छ’ हमालले भने ‘त्यस्तो व्यक्तिलाई टिकट नदिएसम्म म अनशन तोड्दिन ।’

 उनले देउवाको गृहजिल्लामा गुटबन्दीको राजनीति हावी भएको समेत आरोप लगाएका छन्। देउवाको गृह जिल्लामा अन्य सबै राजनीतिक दलले उम्मेदवार चयन गरे पनि नेपाली कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन् ।

डडेल्धुरामा कांग्रेसलाई उम्मेदवारको टुंगो लगाउनमा सकस

डडेल्धुरामा नेपाली कांग्रेसका उम्मेदवार को हो भन्ने कुराको टुङ्गो लगाउनमा अन्योल कायमै रहेको छ । लामो कसरतपश्चात् पनि आकांक्षी धेरै हुँदा कांग्रेलाई उम्मेदवार छनोटमा समस्या देखिएको हो ।

 कांग्रेसभित्र पञ्चायतकालदेखि गणतन्त्र, लोकतन्त्र स्थापनापछिका नेता कार्यकर्ता उम्मेदवारका रुपमा देखिएका छन् ।

 छ दशक पुराना नेता र नयाँ पुस्ताका नेता कार्यकर्ताबीच उम्मेदवारीमा तालमेल मिल्न सकेको छैन। दुई नगरपालिका, पाँच गाउँपालिका गरी सातवटा स्थानीय तह रहेको डडेल्धुरामा अहिलेसम्म कुनैपनि राजनीतिक दलले पूर्णतया उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन्।

 निर्वाचनको मिति नजिकिँदै गएपनि उम्मेदवारको टुङ्गो भने पूर्णरुपमा कुनै पनि पार्टीले लगाउन नसकेको हो । कुल ५२ वडा रहेको डडेल्धुरामा प्रमुख–उपप्रमुख, गाउँपालिका प्रमुख/उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरी सबै स्थानमा उमेदवारी दिने राजनीतिकदलले दुईसय ७४ जना उम्मेदवार छान्नुपर्ने छ ।

 नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) ले दुईवटै नगरपालिका र पाँचवटा गाउँपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारको छनोट गरेका भएपनि नेपाली काँग्रेसको भने अन्योल रहेको छ । सबैभन्दा ठूलो दल एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा काँग्रेसले पर्शुराम नगरपालिकामा प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको भएपनि अन्य स्थानीय प्रतिनिधिको टुङ्गो लगाउन भने सकेको छैन ।

 २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा नेपाली काँग्रेसभित्र धेरैजना उम्मेदवारका आकांक्षी भएका कारण उम्मेदवारी छनोटमा ढिलाइ भएको काँग्रेस नेताको भनाइ रहेको छ ।

 डडेल्धुरामा सबैभन्दा पहिले सबै वडा तथा गाउँपालिकामा नभए पनि सहमति जुटेका स्थानमा राष्ट्रिय जनमोर्चाले सञ्चारकर्मी समक्ष उम्मेदवारको नामावली र कार्यक्रम सार्वजनिक गरेको छ । अन्य कुनै पनि पार्टीले उम्मेदवारको नामावली सार्वजनिक गरेका छैनन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो