टेक शाही/जेष्ठ १७ डोल्पा । बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस एक कार्यक्रमका साथ  मनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको आयेजनामा प्रभात भेरि तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/जेष्ठ १७ डोल्पा । बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस एक कार्यक्रमका साथ  मनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको आयेजनामा प्रभात भेरि तथा"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा नुनदेखि सुनसम्म एकै पसलमा पाइन्छ, कहिले हुन्छ समाधान ?

२०७४, १७ जेष्ठ बुधबार ०९:५९


टेक शाही/जेष्ठ १७ डोल्पा । बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस एक कार्यक्रमका साथ  मनाइएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयको आयेजनामा प्रभात भेरि तथा बिभिन्न सचेतनामूलक नारा सहित बजरा परिक्रमा गरेका थिए । सुर्तिजन्य पदार्थले मानिसलाइ स्वासप्रश्वास लगायत क्यनसर मधुमेह जस्ता थुप्रै प्राणघातक रोग लाग्ने भएको कारण यस्ता सुर्तिजन्य पदार्थको न्यूनिरण गर्दै जानु पर्ने सुझाब दिइएको थियो । 

हरेक नागरिकले सार्वजानिक स्थानमा धुम्रपान गर्न नँपाउने र त्यसरि सार्वजानिक स्थानमा सेवन गरेको खण्डमा १०० रुपैया जरिवाना गर्ने र पसलमा ब्यापारिहरुले पनि सुर्तिजन्य पदार्थ दर्ता नँ लिएर आधिकारिक रुपमा खाद्य लगायत अन्य कुनै पनि बस्तुहरु भन्दा छुट्टै राखेर बिक्रिबितरण गर्नु पर्ने स्थानिय बिकास अधिकारि सागर मिश्रले बताउनु भयो । 

हरेक बर्ष मे ३१ तारिखमा मनाइने बिश्व सुर्ति जन्य पदार्थ रहित दिवस मनाइने गरे पनि खासै समाजमा परिवर्नत हुन भने सकेको छैन । सरकारले खुल्ला रुपमा सुर्तिजन्य पदार्थ बिक्रिबितरण गर्न नँपाइने भनेर नितिनै बनाएको छ । तर त्यो निति कार्यबिधिमा नै सिमित रहेको छ । कार्यान्यन आउन अझै केहि बर्ष लाग्ने देखिन्छ । 


सुर्तिजन्य पदार्थको बिक्रि बितरणमा बिस्तारै रोक लागाउने र न्यूनिकरण गर्नको लागि निकै ठुलो सँघ्रस गर्नु पर्ने भएकोले जनचतेना नै ठुलो रहेको प्रमूख जिल्ला अधिकारी केशबराज आचार्यले बताउनु भयो । 

जनचेतनामूलक सन्देशले नै समाजमा परिवतर्न आउने भएकोले दिवसलाइ दिवसको रुपमा मात्र नँभएर चेतनाका रुपमा पनि लिनु पर्ने किर्डाक नेपाल डोल्पाका जिल्ला सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो । 

एक जना सुर्तिजन्य पदार्थ सेवन गर्ने ब्यक्तिलाइ भन्नु भन्दा पनि सुर्तिजन्य सेवनले पार्ने सन्देशहरु रेडियो पर्चा पम्प्लेट मार्फत सजिलै बुझाउन सकिने भएकोले पनि दिवसको महत्व रहेकोर दिवसमा मात्र होइन अन्य दिनमा सबै नागरिकले सुर्तिजन्य पदार्थ सेवनको बिरोध गरेमा बिस्तारै निर्मूल हुने नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा डोल्पाका सँयोजक टेकम ओलीले बताउनु भयो । 

डोल्पा जिल्लामा सरकारले जस्तो नियम र कानुन बनाए पनि लागु भने हुन सकेको छैन । एकै सटरमा होटेल,पसल,मदिरा,सुतिृजन्य पदार्थ लागयत सुन देखि नुन सम्म बिक्रि हुने गरेको छ । चाउचाउ बेच्ने घुम्तीवाला साहुले ब्लयाक लेबल मदिरा पनि बिक्रि गर्छन डोल्पामा भाष्णमा कारवाहि र नियम बताउने सरोकारवाला निकायहरु आफै तिनै पसलबाट मदिरा र सुर्तिजन्य पदार्थ खरिद गरेर सेवन गर्ने गर्छन । 

दिनभरि मदिरा खान हुदैन सुर्तिजन्य पदार्थ सेवन गर्नु हुदैन भन्नेहरु साँझ परे पछि आफै होटेल र पसलमा लठ्ठ परेर हल्ला गर्दै हिडेका हुन्छन अनि जनतालाइ कसरि बिक्रि बन्द गर भन्न सकिएला बुझन कठिन देखिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा