जेठ १७, काँकडभिट्टा । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ ।
झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको हो । गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ ।
बाँकी रहेका गाउँपालिका र नगरपालिकामा चाँडै उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए। उनले भने, “चुनाव सरेका कारण पनि उम्मेदवार टुङ्गो लगाउन हतार नगरिएको हो ।” रासस