जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट"/>

२२ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सगरमाथामा अक्सिजन चोरको बिगबिगी

१७ जेष्ठ २०७४, बुधबार ११:०२

जेठ १७, सोलुखुम्बु । अक्सिजनका सिलिन्डर चोरिएर सगरमाथा आरोहीलाई हैरानी बेहोर्नुपरेको घटनामा वृद्धि हुन थालेको छ ।

उचाइमा जाँदा खुल्लारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लगेका हुन्छन्, केही बेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्ने गरेको छ ।

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ ‘माथिमाथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यस पटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें’ हालै सगरमाथा आरोहण गरेर फर्किएका पथ प्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताए ।

उनले भने, ‘ यसले एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिनसक्छ र फर्कनका लागि उनीहरुले सञ्चित गरिएका सिलिन्डर प्रयोग गर्ने योजना बनाएका हुन्छन्, त्यो हराउँदा ज्यानसमेत गुमाउनुपर्छ’ पर्वतारोहण क्षेत्रमा कार्यरत मानिसले यस्तो चोरी एउटा प्रवृत्तिका रुपमा विकास भइरहेको बताएका छन् ।

नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्नुहुन्छ, ‘टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डर लैजान थालेपछि आफूहरुले केही गर्न सकिदैन’

‘यस्ता घटनाका कारण आरोहीले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवन रक्षाका लागि अनिवार्य अक्सिजन नै हराएपछि फर्कनुको विकल्प छैन’ शेर्पाले भने ।

पथप्रदर्शकका अनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् । आरोहीले श्वासप्रश्वासका लागि त्यसलाई फरक/फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन् ।

गुनासो गर्नु मात्र हो, त्यहाँ सुन्ने कोही हुँदैन, सुरक्षाकर्मीको उपस्थिति हुन्न, सरकारले खटाएका सम्पर्क अधिकृत एकाध दिनबाहेक बस्दैनन्, त्यसैले अक्सिजन चोरीका घटना बढ्दै जाँदा आरोहणमै चुनौती थपिनसक्ने जानकार बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् ।

आरोही छिरिङ शेर्पा भन्छन्, ‘आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेको जस्तो देखिन्छ ।’ समस्या बढ्दै गएकोले यसलाई सरकारी तहको उच्च निकायबाट ध्यान दिन जरुरी छ ।’  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज (बिहीबार) एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो सुनको मूल्य, किन घट्यो? छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न सहयोग पुगोस्: राष्ट्रपति च्याम्पियन्स लिगमा आर्सनल इन्टरमिलानसँग १–० गोलले पराजित चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर हुन् ः देउवा आजको विदेशी मुद्राको विनिमय दर कति ? हेर्नुहोस आज छठको मुख्य दिन, सूर्यको पूजा गरी उल्लासपूर्वक मनाइँदै आजको मौसम: यी तीन प्रदेशमा हल्का वर्षा हुने रुकुम पूर्वबाट आउँदै गरेकाे बस बागलुङमा दुर्घटना, २१ जनाको घाइते अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा डोनाल्ड ट्रम्पलाई राष्ट्रपति पौडेलले दिए बधाई आयोजनाहरुको कार्यान्वयनमा तदारुकताका साथ लाग्न अर्थमन्त्रीको निर्देशन दसैंमा रिलिज भएका ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’, र ‘ज्वाइँ साब’ ले कस्तो व्यवसाय गरिरहेका छन्? इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त तीन महिनादेखि तलब नपाएको भन्दै बंगलादेशी महिला टोलीका कोचले दिए राजीनामा ट्रम्पको सम्बोधन : यो अमेरिकी जनताको सानदार जित हो औपचारिक रुपमा राष्ट्रपति घोषित नहुँदै मोदीले दिए ट्रम्पलाई बधाई धादिङमा दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते रास्वपाको प्रदर्शन आज पनि जारी रहने जितनजिक पुग्दा तेस्रो ‘स्विङ स्टेट’मा पनि ट्रम्पको कब्जा ! अमेरिकी चुनाव: दुई स्विङ स्टेटमा ट्रम्पको जित, पाँचमा अग्रता कायमै