जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उचित विकल्प रोज्न मतदातालाई अध्यक्ष ढकालको आग्रह

१८ जेष्ठ २०७४, बिहीबार ००:४५


जेठ १८, कैलाली । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलका विकल्प रोज्न मतदाता तयार हुनु पर्ने बताएका छन् । । परिवार दलको प्रदेश नम्बर ७ द्वारा आयोजित उम्मेदवार प्रशिक्षण कार्यक्रममा बुधबार धनगढीमा यस्तो बताएका हुन् ।  

अध्यक्ष ढकालले सचेत मतदाताले प्रतिबद्धता पुरा नगर्ने पार्टीलाई छोड्न र उचित विकल्प रोज्न सके मात्र लोकतन्त्र र विकासले सार्थकता पाउने बताए । अग्रपंथी लोकतन्त्रलाइ आत्मसात गरेको परिवार दल एक उत्कृष्ट विकल्प हुन सक्ने भन्दै ढकालले स्थानीय तहमा नमुना कामको लागि साँचोमा मतदान गर्न सबैलाई आग्रह गरे । 

परिवार दल नेपालको राजनीतिमा बैकल्पिक लोकतान्त्रिक शक्ति बन्ने लक्ष्यका साथ अगाढि बढेको उल्लेख गर्दै भोट ब्यक्ति वा पार्टीलाई नभई मुद्धा हेरेर दिन पनि मतदातामा आवहान् गरे । 

अध्यक्ष ढकालले दलहरुलाई निर्वाचनमा भागलिने वाताबरण तयार गर्ने जिम्बेवारी सरकारको हो भन्दै निर्वाचन मार्फत आफ्ना मुद्धाहरु स्थापित गर्न असन्तुष्ट दलहरुलाई आग्रह गरे । अध्यक्ष ढकालले संसद्को ठुलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन भए परिवार दल खुशी हुने भन्दै समर्थन वा बिरोध गुण र दोषको आधारमा गरिने बताए । 


ढकालले आसन्न स्थानीय तहको निर्बाचन, संविधानको कार्यान्वयन, असन्तुष्ट दलहरुका माग सम्बोधन, पुनर्निर्माण तथा नबनिर्माण र राष्ट्रियताका सवालहरुको उचित सम्बोधन गर्न सबै दलहरु एक ठाउमा उभिनु पर्नेमा जोड दिए । 

मुलुकमा बढ्दो राजनैतिक हस्तक्षेप र भागबन्डाले सुशासन, न्याय र विकास निर्माण प्रभावित भउको प्रति चिन्ता ब्यक्त गर्दै गलत कामको खबरदारी गर्न र नयाँ मोडेलको विकास हेर्न पनि मतदातासंग परिवार दलको पक्षमा मत दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार, सामाजिक बिकृति र विसंगतिको विपक्ष तथा सत्य, शान्ति र बिकासको पक्षमा नेपाल परिवार दल सधै उभिएको छ भन्दै ढकालले बैकल्पिक लोकतान्त्रिक शक्तिको रुपमा आफ्नो दल अघि बढ्ने स्पष्ट पारे । 

सोहि अवसरमा अध्यक्ष ढकालले बिभिन्न पार्टी परित्याग गरि परिवार दलमा प्रबेश गर्नेहलाई पार्टीको सदस्यता दिदै पार्टी प्रबेस गराएका थिए । 

दलका प्रदेश नम्बर ७ का संयोजक नबिन बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगर पालिकाका मेयरका उम्मेद्वार खडक सिंह नागरि,  उपमेयरका उम्मेदबार निर्मला श्रेष्ठ, शालिकराम चौधरी, इद्रिस मोहमद लगायतले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान