प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको "/>
2026-06-29 06:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पहिलाे बैठकमा लिखु गाउँपालिकाको नाम संशोधन सहित केके भए निर्णय ?

प्रज्वल पाैडेल । जेठ १८,रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम संशोधन हुने भएको छ । बिहिबार गाउँपालिका प्रमुख गोविन्द बहादुर खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकले नाम संशोधन गर्ने निर्णय गरेको हो ।

बैठकले लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी गाउँपालिका राख्ने निर्णय गरेकाे छ ।

यसैगरी बैठकले अन्य पालिकाकाे ७ वटा वडाहरुको केन्द्र धारापानीमा अपायक परेको गुनासो अाएपछि गाउँपालिकाको केन्द्र धोवी बजारकाे अासपासमा सार्ने निर्णय पनि भएको तिल्पुङ वडा अध्यक्ष सुबास बाेहराले जानकारी दिनुभयाे । उहाँका अनुसार बैठकले गाउँपालिकामा भुकम्प पिडित भएका जनता तर राहात नपाएकाहरुको विवरण संकलन गरि राहतको लागि प्रकृया अगाडि बढाउने, सात वटै वडाहरुको वडा कार्यालय केन्द्र तोक्ने निर्णय गरेकाे छ ।

यसैगरी गाउँपालिकामा कर्मचारीकाे अभाव भएकाले थप कर्मचारी माग गर्ने, पालिकाको लागि सवारी साधन खरिद प्रक्रिया अगाडि बढाउने लगाएतका अन्य महत्त्वपूर्ण निर्णयहरु पनि भएको बोहराले जानकारी दिए ।

जिल्लामा रहेका ८ स्थानीय तहमध्ये लिखु गाउँपालिकाकाे नाम संशोधन गरिने भएकाे हाे । देशभर लिखु नाम जाेडिएका ४ वटा गाउँपालिका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी