जेठ १९, सुरुङ्गा । बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १९, सुरुङ्गा । बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना च"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दमुक्त कन्काई नगरको मेयर र उपमेयरको चुनावी मैदानमा ११ जना

२०७४, १९ जेष्ठ शुक्रबार ०६:५०


जेठ १९, सुरुङ्गा । बन्दमुक्त क्षेत्रको रुपमा परिचय बनाएको झापाको कनकाई नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदमा तीन स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा उत्रिएका छन् । 

नेकपा माओवादी केन्द्रले भने अहिलेसम्म मेयर पदका उम्मेदवार तोक्न सकेको छैन । मध्य झापामा पर्ने सुरुङ्गा र घैलाडुब्बा मिलेर बनेको कनकाई नगरपालिकालाई समृद्ध र देशकै नमूना नगरको रुपमा विकास गर्न मैदानमा उत्रिएका उम्मेदवारले विभिन्न एजेण्डा अघि बढाएका छन् । संवाद समूहको सचिवालय झापाको संयोजनमा आज शुक्रबार सुरुङ्गामा भएको सबै उम्मेदवारसँगको छलफलमा उनीहरुले कनकाई नगरको विकासका लागि राखेका अधिकांस एजेण्डा साझा देखिएका छन् । 

सबै उम्मेदवारले कनकाई नगरलाई नमूना नगर बनाउन आफ्नो उम्मेदवारी गरेको र सहकार्यका साथ अघि बढ्ने बताएका छन् । उनीहरुले निर्वाचनलाई द्वन्द्वरहित बनाउने लगायतका छ बुँदे साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

 कनकाई नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरमा एकराज उप्रेती, उपमेयरमा कविता बस्नेत, नेकपा एमालेको तर्फबाट मेयरमा राजेन्द्रकुमार पोखरेल र उपमेयरमा मञ्जु प्रसाईं उम्मेदवार बनेका छन् ।

त्यस्तै नेकपा माओवादीका तर्फबाट उपमेयरमा शान्ता अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरमा केदारप्रसाद गिरी र उपमेयरमा चित्रा श्रेष्ठ उम्मेदवार बनेका छन् । नेकपा मालेले मेयरको उम्मेदवार सो पार्टीका नेता प्रेम दाहाललाई बनाएको छ । त्यस्तै स्वतन्त्रबाट भीमप्रसाद अधिकारी मेयर र धर्मलाल राजवंशीे उपमेयरको उम्मेदवार बनेका छन् भने नेकपा माओवादी क्रान्तिकारी (देशभक्त गणतान्त्रिक मोर्चा) को तर्फबाट कवि हरिभक्त संग्रौला  उपमेयरको उम्मेदवार बनेका छन् । 

सबै उम्मेदवारले कनकाई नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई यथाशीघ्र समाधान गर्ने, सिंगो नगरलाई नै बन्दमुक्त बनाउने, नगरलाई भ्रष्टाचारमुक्त बनाउने, रोजगारीको सिर्जना गरेर युवाशक्ति पलायनलाई रोक्ने विकासका एजेण्डा अघि सारेका छन् । त्यस्तै सडक कालोपत्रे र स्तरोन्नती, विद्युतीकरण, शिक्षाको गुणस्तर वृद्धि, खानेपानीमा पहुँच, व्यवसायिक कृषिका लागि विभिन्न कार्यक्रम, पर्यटन प्रबद्र्धन, सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्याउने, बसपार्क निर्माण र नगर बस सञ्चालन, फोहोर व्यवस्थापन, कनकाई र बिरीङ नदीमा तटबन्ध, उद्योग व्यवसायको विकास, खेलकुदको विकास जस्ता विकासका एजेण्डा पनि अघि सारेका छन् । उनीहरुले ज्येष्ठ नागरिक, गर्भवती महिलासहित नगरबासीको स्वास्थ्यसेवालाई सहज बनाउने एजेण्डा समेत अघि सारेका छन् । 

छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गरेका थिए । 

कनकाई नगरपालिकाका उम्मेदवारहरुले व्यक्त गरेको ६ बुँदे साझा प्रतिबद्धतामा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवम् राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने रहेका छन् । त्यस्तै आफ्ना गतिविधिलाई शान्तिपूर्ण, मर्यादित बनाउँदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने, निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने पनि उनीहरुको प्रतिबद्धता छ । 

त्यस्तै सबै राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारहरुले एकअर्काको सह–अस्तित्व स्वीकारी आदर सम्मानपूर्वक व्यवहार गर्दै असल राजनीतिक संस्कारको विकास गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध