पढ्न करिब 1 मिनेट लाग्छ

जेठ २४, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दश जना कलाकारलाई रोल्पामा प्रहरीले पक्राउ गरेको छ ।

पश्चिमी पाछाबाङमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरी दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका कलाकारलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरुलाई प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पक्राउ पर्नेहरुमा जनसाँस्कृतिक टोलीका सदस्यहरु यसप्रकार छन ।

दुईखोली गाउँपालिका-३ इरिबाङका

१- रोशनी डाँगी

२- तारा परियार

सुनछहरी गाउँपालिका-५ जैमाकसलाका

३ -कृष्ण पुन

४- समिर पुन

५- ज्योती पुनमगर

रोल्पा नगरपालिका-६ कालोपहिराका

६- वीरेन्द्र पुन

भूमि गाउँपालिका ९ चुनबाङ रुकुम हाल रोल्पा नगरपालिका-४ वस्दै आएकी

७- श्रृष्टिना पुन

लुंग्री गाउँपालिका-१ पाङ घर भएकि

८- मञ्जु घर्ती

त्रिवेणी गाउँपालिका-६ जुगारका घर भएका

९- प्रभा खड्का

१०- विना पुन

पक्राउ परेकी मध्ये विना सेक्सन कमाण्डर रहेको प्रहरीले दावी गरेको छ । उनीहरुलाई सार्वजनिक अपराध मुद्दा लगाइएको छ । बुधबार नै प्रमुख जिल्ला अधिकारीले थप अनुसन्धानका लागि १४ दिनको म्याद थप गरिसकेका छन् ।