2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रसान्तले आफैँसँग असारमा विहे गर्न लागेकि युवतीको हत्या किन गरे ?

June 7, 2017

जेठ २४, काठमाडौँ । काठमाडौँमा प्रेमिकाको हत्या गरी फरार रहेका एक युवकलाई प्रहरीले दोलखाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा वैतेश्वर गाउँपालिका २ का २४ वर्षीय प्रशान्त तामाङ रहेका छन् । उनीमाथि रामेछापकी २३ वर्षीया संचिता पाख्रिन तामाङको हत्याको आरोप छ ।

गत वैशाख ५ गते सञ्चिताको उनको कोठामा हत्या गरी उनी फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियुक्त प्रशान्त तामाङ र मृतक संचिता पाख्रिनबिच २ वर्ष पहिलादेखि चिनजान रहेको थियो । प्रशान्तको भतिजको श्रीमती गंगा तामाङ मार्फत दुवैबीच चिनजान भएको थियो । त्यसपछि दुई बीचमा प्रेम सम्बन्ध रही नियमित भेटघाट हुने र विभिन्न स्थानहरुमा घुम्न जाने समेत गरेको प्रहरीको भनाई छ ।

प्रेम सम्बन्धको केही महिनापछि प्रशान्तले संचितालाई कोठा खोजी आफुले नै भाडा तिरिदिने गरेका थिए । उनी संचिताको कोठामा बस्ने र बेलाबेलामा खर्च समेत दिने गरेका थिए ।

उनीहरुले यहि असार महिनामा विवाह गरी सँगै बस्ने सल्लाह समेत गरेका थिए । तर, संचिता गर्भवती भएपछि दुवैबीच विवाद बढेको थियो । सञ्चिताको पेटमा बच्चा प्रशान्त तामाङले राख्न चाहन्थे । तर, संचिताले भने उक्त बच्चा फाली दिएको कुरा गरेपछि दुवैबीच बिचमा सोही बच्चाको विषयमा विवाद भएको थियो  ।

 विवादकै क्रममा गत वैशाख ५ गते राती प्रशान्तले संचितालाई बेडमा लडाई घाँटी थिचेर हत्या गरी सोही बेडमा सिरकले छोपी भोलिपल्ट विहान ५ बजे कोठामा बाहिरबाट ताला लगाई फरार भएका थिए ।

घटनाको चार दिनपछि संचिता बसेको कोठाबाट गन्ध आएको र बाहिरबाट चाबी लगाएको अवस्थामा रहेकोमा कोठा खोलि हेर्दा सञ्चिताको शव भेटिएको थियो ।

अनुसन्धान पश्चात् प्रशान्त तामाङलाई दोलखा प्रहरीको सहयोगमा गत जेठ २३ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको थियो । अहिले उनलाई थप कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन