2026-09-19 06:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई

जेठ २५, दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । 

नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित रहेको तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुनेछ भन्ने जारी बधाई पत्रमा उल्लेख छ । 

भुटानी शरणार्थी समस्याको दिगो समाधान स–सम्मान स्वदेश फिर्तीमात्र भएको उल्लेख गर्दै सो कमिटीले स्वदेश फिर्तीको विकल्पलाई थाती राखेर तेस्रो मुलुकमात्र पुनर्वास गराउने शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसिआर) को विकल्पले भुटानी शरणार्थीको भविष्य अन्योल बनाएको जनाइएको छ । 

कमिटीका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाली काँग्रेसको सरकार रहँदा शरणार्थीलाई गाँस, वास, कपास उपलब्ध गराएकाले अब उहाँको कार्यकालमा भुटानी शरणार्थी समस्याको न्यायोचित तथा दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ । 

यसैगरी कमिटीले संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्चायोगलाई समेत पुनः स्मरणपत्र पठाउँदै भुटानी शरणार्थी समाधानका लागि अख्तियार गरिएको विकल्पमध्ये स्वदेश फिर्तीको प्रस्ताव गरिए पनि त्यसअनुरुप काम हुन नसक्दा पूर्वी नेपालका शिविरमा आश्रित भुटानी शरणार्थी मारमा पर्नुपरेको उल्लेख गरिएको छ । कमिटीले स्वदेश फर्कन पाउने शरणार्थीहरुको अधिकार सुरक्षित रहेकाले भुटान सरकारलाई आफ्ना नागरिक लैजान दबाब दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई