२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई भुटानी शरणार्थीको बधाई

२५ जेष्ठ २०७४, बिहीबार ०८:०८

जेठ २५, दमक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा पूर्वमा शरणागत भुटानीहरुले बधाई तथा शुभकामना पठाएका छन् । 

नेसनल रिकन्सिलेसन कमिटी भुटानले आज बधाई पत्र पठाउँदै नवनिर्वाचित प्रधानमन्त्री देउवाको कार्यकालमा भुटानी शरणार्थी स्वदेश फिर्तीको वातावरण निर्माण हुने विश्वास लिएका छन् । झापा र मोरङका दुईवटा शिविरमा लामो समयदेखि आश्रित रहेको तथा हालसम्म पनि स्वदेश फिर्तीको पहल नभएको स्मरण गराउँदै प्रधानमन्त्रीबाट यस मामिलामा सकारात्मक पहल हुनेछ भन्ने जारी बधाई पत्रमा उल्लेख छ । 

भुटानी शरणार्थी समस्याको दिगो समाधान स–सम्मान स्वदेश फिर्तीमात्र भएको उल्लेख गर्दै सो कमिटीले स्वदेश फिर्तीको विकल्पलाई थाती राखेर तेस्रो मुलुकमात्र पुनर्वास गराउने शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संस्था (युएनएचसिआर) को विकल्पले भुटानी शरणार्थीको भविष्य अन्योल बनाएको जनाइएको छ । 

कमिटीका संयोजक कृष्णवीर तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा विगतमा नेपाली काँग्रेसको सरकार रहँदा शरणार्थीलाई गाँस, वास, कपास उपलब्ध गराएकाले अब उहाँको कार्यकालमा भुटानी शरणार्थी समस्याको न्यायोचित तथा दीर्घकालीन समस्या समाधान हुने अपेक्षा गरिएको छ । 

यसैगरी कमिटीले संयुक्त राष्ट्रसङ्घ शरणार्थी उच्चायोगलाई समेत पुनः स्मरणपत्र पठाउँदै भुटानी शरणार्थी समाधानका लागि अख्तियार गरिएको विकल्पमध्ये स्वदेश फिर्तीको प्रस्ताव गरिए पनि त्यसअनुरुप काम हुन नसक्दा पूर्वी नेपालका शिविरमा आश्रित भुटानी शरणार्थी मारमा पर्नुपरेको उल्लेख गरिएको छ । कमिटीले स्वदेश फर्कन पाउने शरणार्थीहरुको अधिकार सुरक्षित रहेकाले भुटान सरकारलाई आफ्ना नागरिक लैजान दबाब दिन आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन