2026-07-26 05:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले कार्यकर्ताको आक्रमणबाट काँग्रेस कार्यकर्ता घाइते

जेठ २५, खोटाङ । चुनावी प्रचारप्रसारका क्रममा नेकपा (एमाले)का कार्यकर्ताको आक्रमणबाट खोटाङमा नेपाली काँग्रेसका एक कार्यकर्ता घाइते भएका छन् ।

दुई पार्टीबीचको विवादपछि बुधबार राति एमाले कार्यकर्ताको आक्रमणबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका १७ वर्षीय अर्जुन राउत घाइते भएका हुन् । एमाले कार्यकर्ताको आक्रमणका कारण घाइते भएका राउतको आँखा तथा ढाडमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो ।

घाइते राउतको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दिक्तेल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् । 

राउतमाथि आक्रमण गर्ने एमाले कार्यकर्ता हलेसी तुवाचुङ नगरपालिका–७ सल्लेका धनकुमार भुजेललाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको प्रनाउ प्रधानले बताउनुभयो । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

यता, आफ्ना कार्यकर्तामाथि निर्घात कुटपिट भएको भन्दै काँग्रेसले आपत्ति जनाएको छ । एमालेले गलत मनासायबाट कुटपिट गरेको भन्दै काँग्रेस हलेसी तुवाचुङ नगरपालिकाले आपत्ति जनाउँदै आज विरोध जुलुस निकालेको छ । 

काँग्रेसले घाइतेको उचित उपचार र कुटपिटमा संलग्नलाई हदैसम्मको कारबाहीको माग गर्दै इप्रका, हलेसीमा एक घन्टा धर्ना दिएको छ । 

हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयवासीको घरमा पार्टीको झन्डा राखेको विषयमा काँग्रेस र एमालेबीच विवाद भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ