जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु "/>

१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविनाको अन्त्येष्टि, चालकलाई कस्तो कारबाही होला ?

२६ जेष्ठ २०७४, शुक्रबार ०१:५५

जेठ २६, काठमाडौं । छोरीको शव अस्पतालमा राखिरहँदा समस्या बढ्दै जाने निष्कर्षमा सूर्य चौधरी पुग्नुभयो । 

उहाँलाई लाग्यो, ‘छोरीको अन्त्येष्टि नगर्नु आफूसँगै परिवारको पीडा पनि थपिँदै जानु हो ।’छोरी दुर्घटनामा परी मारिएको पाँचौं दिन बिहीवार बिहान शिक्षण अस्पतालमा छोरीको शव बुझेर उहाँले अन्त्येष्टि गराउनुभयो । ‘सधैं उही साथ पाउन सकिन्न । दिनदिनै घरमा आउनेहरू घट्दै छन् । म पनि यही कुरामा अल्झेर बस्न सक्दिनँ । परिवार छ, पाल्नुपर्छ । काम नगर्दा खान पाइँदैन । 

कति दिन यही घटनाको पछाडि लाग्नु ? अस्पतालमा छोरीको शव छ भन्ने सोच्दा पनि भक्कानो छुटेर आउँथ्यो’, छोरीको अन्त्येष्टि गरेपछि सूर्यले थकित स्वरमा भन्नुभयो ।उहाँले आफ्नो एउटा अडान भने परिवर्तन गर्नुभएको छैन, ‘छोरीका हत्यारालाई कडाभन्दा कडा सजाय ।’गत सोमवार बिहान वीरगन्ज-काठमाडौं चल्ने रात्रिबसले बसुन्धरामा जेब्रा क्रसमा ठक्कर दिँदा सूर्यकी २३ वर्षीया छोरी रविनाको घटनास्थलमै निधन भएको थियो ।

स्कुल पढाउन घरबाट हिँडेकी छोरीको दुर्घटनाको खबर सुन्नेबित्तिकै सूर्यको होसहवास उडेको थियो । चार छोरी र श्रीमतीसाथ सुकेधारामा विगत १७÷१८ वर्षदेखि बस्दै आएका उहाँ गाडी मेकानिक हुनुहुन्छ । इटहरीबाट काठमाडौं सरेका सूर्यलाई काममा भान्जा ईश्वरले सघाउँदै आएका थिए । बीबीएस चौथो वर्षको परीक्षा दिएर बसेकी रविना परिवारको आशा थिइन् । ‘मलाई कुनै कुराको लोभ छैन । छोरीको हत्यारालाई कडाभन्दा कडा सजाय दिइनुपर्छ । मैले जन्मकैद नै माग गरेको छु । प्रहरीले पनि कडाभन्दा कडा सजाय गर्छु भनेको छ’, सूर्यले भन्नुभयो ।

त्यसो त तेस्रो पक्ष बिमाबापत सूर्यको परिवारले पाँच लाख रुपैयाँ पाउनेछ । ‘तर, पैसाले मेरो छोरीको जीवन आउँदैन । मेरो छोरीको हत्याराले जन्मकैद पाओस् ता कि भविष्यमा फेरि यस्तो घटना नदोहोरियोस्’, उहाँले भन्नुभयो । घटना भएको भोलिपल्ट मंगलवार यातायात व्यवसायी संघका प्रतिनिधि र पीडित पक्षबीच छलफल भएको थियो ।

छलफलमा पीडित पक्षले दोषीलाई कडाभन्दा कडा कारबाहीको माग राखेपछि व्यवसायी संघका प्रतिनिधि हिँडेका थिए । त्यसयता यी दुई पक्षबीच छलफल भएको छैन । ‘उहाँहरू (यातायात व्यवसायी)सँग कुरा गरिरहनु आवश्यक छैन । कानुनअनुसार हामीले न्याय पाउनुपर्‍यो’, सूर्य भन्नुहुन्छ । सूर्यले शुक्रवार आफूलाई प्रहरीले बोलाएको बताउनुभयो । रविनाको पोस्टमार्टम रिपोर्ट आइसकेको छ । रिपोर्टमा रविनाको करङ भाँच्चिएको र टाउकोबाट गाडीको चक्का कुदेको पाइएको छ ।

घटनाको अनुसन्धान महाराजगन्ज प्रहरी वृत्तले गरिरहेको छ । सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहे पनि कुन दफा लगाउने भन्ने चाहिँ बृहत् अनुसन्धान र प्रमाणको संकलनपछि मात्र थाहा हुने अनुसन्धानमा खटिएका प्रहरी बताउँछन् ।प्रहरीले बसका चालक बाराको निजगढ स्थायी घर भएका २५ वर्षीय विनय तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सवारी ज्यान मुद्दामा घटनाको प्रकृतिअनुसार विभिन्न सजायको व्यवस्था छ । लापरबाही ढंगले चलाएर ज्यान गएको हो भने चालकलाई २ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ । सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको हो भने चालकलाई एक वर्षसम्मको कैद वा २० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसैगरी ज्यान मार्ने नियतले सवारी चलाएर ज्यान लिएको हो भने चालकलाई जन्मकैदसम्मको सजाय हुन्छ । मृतक रविनाका आफन्तको माग भने प्रष्ट छ, ‘अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ ।’

रविनाको दुर्घटना गराउने चालकलाई अधिकतम सजाय २ देखि १० वर्षसम्मको कैद सजाय हुन सक्छ । यातायात व्यवसायी र पीडित पक्षबीच हुने सहमतिले गर्दा अधिकांश सवारी ज्यान मुद्दा ‘सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको’ दफा लगाएर अपराधीलाई उन्मुक्ति दिने विगतको प्रचलन रहेको पाइन्छ । यसमा प्रहरीको समेत मिलेमतो रहने गरेको पाइएको छ । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक