२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चुनावी सरगर्मी यसरि बढ्यो

२७ जेष्ठ २०७४, शनिबार ०४:३३

जेठ २७, खोटाङ । दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । 

जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

जिल्लामा प्रायः सबै दलले सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । बा¥ह दल दर्ता भएको यस जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संयुक्त चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने सङ्घीय समाजवादी तथा नयाँ शक्ति, नेकपा माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनावमा उत्रिएका छन् । 

दश स्थानीय तहमध्ये एक नगरपालिकासहित पाँच ठाउँमा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओवादी केन्द्रले भने घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ । काँग्रेस, एमाले, सङ्घीय समाजवादी र नयाँ शक्तिले तयारी पूरा भइसकेको जनाए पनि सार्वजनिक गरेको छैन । 

यसपटक पनि अघिल्लो चुनावहरुमा एमाले, काँग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ । 

यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लास्थित क्रियाशील यी दल आफ्नो पक्षमा जनमत जुटाउन घरघरमा चुनाव चिह्न तथा झन्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडामा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

मध्य वर्षाअर्थात् धान रोपाइँ गर्ने समयमा चुनावको मिति तोकिएकामा किसान असन्तुष्ट बने पनि जिल्लावासी मतदान गर्न आतुर छन् । चार सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने यस जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 

यहाँ एक सय ३६ मतदान स्थलमा १७३ मतदान केन्द्र कायम गरिएको छ र एक लाख १५ हजार ६४४ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा अवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य