2026-07-26 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा चुनावी सरगर्मी यसरि बढ्यो

जेठ २७, खोटाङ । दोस्रो चरणको स्थानीय तह चुनाव नजिकिँदै गर्दा खोटाङमा चुनावी चहलपहल तीव्र बनेको छ । 

जिल्लामा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल र नयाँँ शक्ति पार्टीले जिल्लामा चुनावीसभा तथा प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

जिल्लामा प्रायः सबै दलले सबै स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएपछि आ–आफ्ना पार्टीका प्रतिबद्घता लिएर उम्मेदवार, नेता तथा कार्यकर्ता चुनावी सभादेखि घरदैलो अभियानमा जुटिरहेका छन् । बा¥ह दल दर्ता भएको यस जिल्लामा काँग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संयुक्त चिह्नबाट चुनावी प्रतिस्पर्धा गर्ने सङ्घीय समाजवादी तथा नयाँ शक्ति, नेकपा माले र खम्बुवान राष्ट्रिय मोर्चा चुनावमा उत्रिएका छन् । 

दश स्थानीय तहमध्ये एक नगरपालिकासहित पाँच ठाउँमा महिलालाई प्रमुख उम्मेदवार बनाएको माओवादी केन्द्रले भने घोषणापत्रसमेत सार्वजनिक गरिसकेको छ । काँग्रेस, एमाले, सङ्घीय समाजवादी र नयाँ शक्तिले तयारी पूरा भइसकेको जनाए पनि सार्वजनिक गरेको छैन । 

यसपटक पनि अघिल्लो चुनावहरुमा एमाले, काँग्रेस र माओवादीबीच कडा प्रतिस्पर्धा हुने विश्लेषकहरुको अनुमान छ । 

यस जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । जिल्लास्थित क्रियाशील यी दल आफ्नो पक्षमा जनमत जुटाउन घरघरमा चुनाव चिह्न तथा झन्डा राख्दै गाउँटोलमा खटिरहेका छन् । मुख्य दलहरुले सम्बन्धित पालिका तथा वडामा कार्यालय स्थापना गरी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । 

मध्य वर्षाअर्थात् धान रोपाइँ गर्ने समयमा चुनावको मिति तोकिएकामा किसान असन्तुष्ट बने पनि जिल्लावासी मतदान गर्न आतुर छन् । चार सय १५ जना जनप्रतिनिधि निर्वाचित हुने यस जिल्लामा मतदाता शिक्षालाई अन्तिम चरणमा पु¥याइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो । 

यहाँ एक सय ३६ मतदान स्थलमा १७३ मतदान केन्द्र कायम गरिएको छ र एक लाख १५ हजार ६४४ मतदाता रहेका छन् । निर्वाचनका लागि सुरक्षा अवस्था मजबुत बनाइएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ