२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबारे मुख खोले !

२७ जेष्ठ २०७४, शनिबार ०५:४०


जेठ २७, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन् ।

ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए । उनले भने, "हामीले एउटा निर्णय गर्नैपर्ने भयो । के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश्यक बाटो ? आतंकवादलाई सहयोग बन्द हुनै पर्छ ।"

उनले सो क्षेत्रका अन्य मुलुकहरुलाई पनि घृणा फैलाउने काम रोक्न, आतंकवादलाई प्रश्रय दिने धारणा बन्द गर्न र ती काम छिट्टो गर्न आह्वान गरेको बिबिसीले उल्लेख गरेको छ । तर बिहीबार कतारका विदेशमन्त्री शेख मोहम्मदले आफ्नो देश सफल र प्रगतिशील भएका कारण एक्ल्याइएको बताए । उनले भने-, "हामी आत्मसमर्पण गर्न तयार छैनौं । हाम्रो विदेश नीतिको स्वतन्त्रता आत्मसमर्पण गर्न हामी कहिल्यै तयार हुने छैनौं ।"  

यस्तै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेको केही बेरपछि राष्ट्रपति ट्रम्पको उक्त भनाई आएको हो । आफूलाई अलग पार्ने काम बन्द भएको हेर्न चाहन्छ भने कतारले गाजा क्षेत्रमा प्यालेष्टाइनी इस्लामवादी समूह हमास, अनि इजिप्टमा मुस्लिम ब्रदरहुडसंग, सम्बन्धविच्छेद गर्नुपर्ने साउदी अरेबियाले जनाएको छ । 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध गएको सोमबारदेखि तोडेका छन् । यस्तै यमन, मलेसिया तथा लिबियाले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारले इस्लामिक आतंकाकारी तथा अतिवादीलाई साथ तथा सहयोग गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली