2026-07-24 07:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारबारे मुख खोले !


जेठ २७, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन् ।

ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए । उनले भने, “हामीले एउटा निर्णय गर्नैपर्ने भयो । के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश्यक बाटो ? आतंकवादलाई सहयोग बन्द हुनै पर्छ ।”

उनले सो क्षेत्रका अन्य मुलुकहरुलाई पनि घृणा फैलाउने काम रोक्न, आतंकवादलाई प्रश्रय दिने धारणा बन्द गर्न र ती काम छिट्टो गर्न आह्वान गरेको बिबिसीले उल्लेख गरेको छ । तर बिहीबार कतारका विदेशमन्त्री शेख मोहम्मदले आफ्नो देश सफल र प्रगतिशील भएका कारण एक्ल्याइएको बताए । उनले भने-, “हामी आत्मसमर्पण गर्न तयार छैनौं । हाम्रो विदेश नीतिको स्वतन्त्रता आत्मसमर्पण गर्न हामी कहिल्यै तयार हुने छैनौं ।”  

यस्तै अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेको केही बेरपछि राष्ट्रपति ट्रम्पको उक्त भनाई आएको हो । आफूलाई अलग पार्ने काम बन्द भएको हेर्न चाहन्छ भने कतारले गाजा क्षेत्रमा प्यालेष्टाइनी इस्लामवादी समूह हमास, अनि इजिप्टमा मुस्लिम ब्रदरहुडसंग, सम्बन्धविच्छेद गर्नुपर्ने साउदी अरेबियाले जनाएको छ । 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), इजिप्ट तथा बहराइनले कतारसँग कुटनीतिक तथा हवाई, समुद्री र स्थल सम्बन्ध गएको सोमबारदेखि तोडेका छन् । यस्तै यमन, मलेसिया तथा लिबियाले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् । यी देशले कतारले इस्लामिक आतंकाकारी तथा अतिवादीलाई साथ तथा सहयोग गरेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक