2026-07-24 08:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव चिह्न अङ्कित टिसर्ट, टोपी र झोला नबाँड्नू: निर्वाचन आयोग

जेठ २७, काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचार संहिताविपरीत हुने कुनैपनि क्रियाकलाप नगर्न निर्देशन दिएको छ । 

निर्वाचन आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा आज बसेको निर्वाचन आचार संहिता समितिको बैठकले निर्वाचन चिह्न अङ्कित टिसर्ट, टोपी, झोलालगायतका जिन्सी समान मतदातालाई वितरण नगर्न/नगराउन निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत/प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीलाई तत्सम्बन्धमा अनुगमन गरी त्यस्ता आचार संहिता विपरीतका कार्य रोक्न पनि आयोगले निर्देशन दिएको छ ।

दोस्रो चरणमा १, २, ५ र ७ नम्बर प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहको निर्वाचन आगामी असार १४ गते बुधबार विहान ७ देखि अपराह्न ५ बजेसम्म हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि धेरैजसो राजनीतिक दलले उम्मेदवार छनोट गरी निर्वाचन प्रचार सुरु गरिसकेका छन् । 

निर्वाचनमा विराटनगर र वीरगन्ज महानगरपालिका, १० उपमहानगरपालिका, १५६ नगरपालिका र २९३ गाउँपालिकाका ९० लाख ९७ हजार ५५७ मतदाताले जनप्रतिनिधि छान्नेछन् । 

निर्वाचनबाट प्रमुख/अध्यक्ष ४६१ सोही संख्यामा उपप्रमुख एवम उपाध्यक्ष, ४०८६ वडा अध्यक्ष, सोही सङ्ख्यामा महिला वडा सदस्य र दलित महिला सदस्य र आठ हजार १७२ वडा सदस्यको चयन हुनेछ । आयोगले छ हजार ७१८ मतदानस्थल, ११ हजार ९३१ मतदान केन्द्र कायम गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक