जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइए"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पाँचौ राष्ट्रिय कृषक दिवस कञ्चनपुरमा पनि मनाइयो

२०७४, २७ जेष्ठ शनिबार १२:०१


जेठ २७, कञ्चनपुर । पाँचौ राष्ट्रिय कृषक दिवस कृषक विकास समिति कञ्चनपुर र राष्ट्रिय कृषक महासंघ नेपालको सहयोगमा शनिबार एक कार्यक्रमको आयोजना गरि भव्यताको साथ मनाइएको छ । 

यस कृषक विकास समितिले २४० महिला संगठन बनाई कञ्चनपुरका हरेक क्षेत्रमा कृषि व्यवसाय मुलक खेतीको तालिम दिएको छ, जसमा विसादि रहित आर्गनिक किसिमले खेती गर्न १३० देखि १४० जना सम्म कृषकलाई तालिम दिई योग्य कृषक बन्नमा सहयोग गरि आत्मनिर्भर बनाउन पहल गरेको उक्त कार्यक्रमका सभापति ईश्वर जोशीले बताउनु भयो ।

‘खेतीयोग्य जग्गा जमिनको संरक्षण गरौं खाद्यान्न उपजमा वृद्धि गरौं’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कृषि व्यवसाय गर्ने किसानलाई कृषक सम्मान–पत्रले सम्मान गरिएको थियो । सम्मान पाउनेमा– वेदकोट नगरपालिककी राज्यलक्ष्मी राना, लालमती राना, रामवती राना बेलौरी नगरपालिकाका भवेन्द्र शाह,  र भिमदत्तनगरपालिकाकी कलावती डगौरा, अनिता डगौरा, सरस्वती डगौरा, गंगा डगौरा, करण बोहरा त्यसैगरी कृषि पत्रकारिता गरको भन्दै पत्रकार भास्कर केसीलाई पनि सम्मान गरिएको थियो ।

अब कृषकले व्यवसाय मुलक खेती गर्नु पर्ने, किसानलाई हेर्ने दृष्टि परिर्वतन गरि सम्मानजनक रुपले हेर्नु पर्ने, रोजगारी बढाउन र श्रीमानको हातमा हातेमालो गर्नको लागि पनि कृषिमा उब्जनी बढाई त्यसलाई व्यसायिक बनाई आम्दानीको श्रोत बनाउन सकिने कृषि विकास समितिकि कोषाध्यक्ष रेनु मल्लले बताउनु भयो ।

जोशीको सभापतित्वमा भएको उत्त कार्यक्रममा प्रमुख अतिथी विश्व शान्तिको लागि पैदल यात्री मेची देखि महाकाली पुगेका छविलाल धवन रेहका थिए भने विशिष्ट अतिथिमा रुद्रलाल भट्ट रहेका थिए  कार्यक्रम सञ्चालन बसन्ती धामीले गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी