(कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोम"/>
१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ !

२८ जेष्ठ २०७४, आईतवार ०९:२१

(कल्पना पौडेल) | जेठ २८, काठमाडौँ । के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ? 

माथि मध्येका कुनै पनि लक्षण जुनसुकै उमेरका पुरुषमा देखिएको छ भने एकपल्ट सोच्नैपर्छ कतै तपाईंलाई प्रोस्टेट ग्रन्थी (पुरुष वा प्रजनन ग्रन्थी) सम्बन्धी सङ्क्रमण त भएको छैन ? समयमै उपचार गरे सजिलै निको हुने यो रोगलाई बेवास्ता गरे क्यान्सर हुनसक्ने खतरा पनि उत्तिकै छ । 

कन्सल्टेन्ट, युरोलोजिस्ट डा दीपक रौनियार प्रोस्टेटसम्बन्धी रोगमा उपचार गर्दा ठूलो समस्या नभए पनि सङ्क्रमण बढ्दै गए यसले धेरै कष्ट त दिन्छ नै पारिवारिक सम्बन्धमा समेत खटपट ल्याउँछ । चिकित्सकका अनुसार अधिकांश पुरुषमा यो समस्या बढ्दै गएको पाइन्छ । 

शिक्षण अस्पताल महाराजगन्जका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन प्राडा उत्तम शर्माले खासगरी यौनशक्तिमा कमी आएको महसुस हुने, पिसाब गर्न बल गर्नुपर्ने, राति पिसाब गर्न पटकपटक उठ्नुपर्ने, पिसाब लागेपछि रोक्न नसक्ने, नाइटोदेखि अण्डकोषको भाग दुख्ने, मलद्वारदेखि अण्डकोषसम्मको भाग दुख्ने, पिसाब ननिख्रनेजस्तो हुने वा पिसाब लागिरहेकोजस्तो हुने तर फेर्न जाँदा नआउनेजस्ता समस्या देखिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रोष्टेट पनि भनिने पुरुषमा प्रजनन ग्रन्थीमा समस्या आयो भने माथि भनिएजस्तो लक्षण देखिन्छ । रोग लाग्न यी सबै लक्षण देखिनै पर्छ भन्ने होइन । तीमध्ये एकभन्दा बढी लक्षण देखिए पनि प्रोस्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ । जसले दैनिक क्रियाकलापमा असर पार्नुकासाथै मिर्गौलामा समेत असर पर्न सक्छ । कसैको पिसाबमा त रगत बग्न पनि सक्छ ।” 

खासै चर्चा नहुने यो रोगले पूर्वराष्ट्रपति डा रामवरण यादवलाई असर गरेपछि भने यसका बारेमा बढी कुरा हुन थालेको हो । घरपरिवार छाडेर बाहिर रोजगारीका लागि गएका युवालाई प्रोस्टेटको समस्या बढी देखिएको चिकित्सकको भनाइ छ । उमेर बढी भएका व्यक्तिमा मात्र देखिने भनिएको यो रोग पछिल्लो समय ३० देखि ४० वर्षका युवामा पनि देखिन थालेको चिकित्सक बताउँछन् । 

“प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य त्यतिबेला नियमित उत्पादन भइरहन्छ जतिबेला खर्च हुन्छ । जब वीर्य खर्च हुन छाड्छ अर्थात् स्थिर रुपमा रहन्छ त्यसपछि समस्या देखिन थाल्छ । अझ सजिलो गरी बुझ्दा दुई बाल्टीमा पानी भरौँ । एउटाको पानी नियमित फेरौँ तर अर्कोमा नफेरौँ । एक महिनापछि हेर्दा दिनहुँ फेरेको बाल्टीको पानी सफा हुन्छ भने अर्कोमा भने नफेरिएको लेउ लाग्न थाल्छ । हो त्यस्तै हो वीर्य र प्रोस्टेट ग्रन्थीको सम्बन्ध पनि । जति वीर्य निस्क्यो उति नै प्रोस्टेटलाई फाइदा हुन्छ,” डा रौनियारले भन्नुभयो । 

चिकित्सकका अनुसार महिना या वर्षौंसम्म यौन सम्पर्क हुँदैन त्यसपछि प्रोस्टेटमा समस्या देखिन्छ । त्यसैले यसबाट बच्नका लागि नियमित यौन सम्र्पक गर्ने, २४ घन्टामा पाँच लिटर पानी पिउने, नियमित रुपमा पिसाबको जाँच गरी सङ्क्रमणबाट बच्ने र म्योग्नेसियमयुक्त खानेकुरा (काजु, पेस्ता, बदाम, ओखरलगायत) खाने गर्नुपर्ने सम्बद्ध चिकित्सक बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन सुनको मूल्य सामान्य घट्यो वर्तमान अवस्थामा निर्वाचन नै उत्तम विकल्प हो : संयोजक दाहाल रास्वपाको केन्द्रीय समिति बैठक : सहमति अनुमोदन आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु