प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अा"/>
2026-11-05 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विकासकाे पहिलाे अाधार राजनीतिक स्थायित्व : सासंद कुशल

प्रज्वल पाैडेल । जेठ २९,काठमाडौं । सांसद शिवबहादुर खड्काले विकासकाे कुरामा पक्षपात गर्न नहुने बताउनुभएको छ । अाइतबार राजधानीमा रामेछाप-काठमाडौं पत्रकार समाजले अायाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै उहाँले जुन पार्टीको चिन्ह लिएर उठेपनि बहुमतले जितेपछि स्थानीय प्रतिनिधिले पार्टीगत कार्य गर्न नहुने बताउनुभयाे । 

खड्काले हरेक अान्दोलनलाई उचाइमा पुर्याउने काम पत्रकारले गरेकाे र सफल भएकाे स्पष्ट पार्नुभयाे । उहाँले निर्वाचित जनप्रतिनिधिलाई पत्रकारले एकै दिनमा बाघ र एकै दिनमा मुसाे बनाउन सक्ने भएकाले समन्वय गरेर अगाडि बढ्न अाग्रह गर्नुभयाे । उहाँले भन्नूभयाे-” पत्रकारले व्यक्ति तथा समाजकाे सकरात्मक र नकारात्मक दुबै पक्षलाई नियालिरहेका हुन्छन् , तसर्थ गाउँपालिकाकाे जनताकाे विकासमा लाग्नुहाेस् जनप्रतिनिधिलाई जनताले नै सांसद बनाइदिन्छन् ।”

नेपाली काङ्ग्रेसका नेता समेत रहेका खड्काले पत्रकारले गर्दा नै पहिलाे चरण निर्वाचनमा काङ्ग्रेस हारेकाे धारणा राख्नुभयाे। कहिले महाअभियाेग प्रस्ताव,कहिले पहिलाे पार्टी भएर पनि तेस्रो पार्टी माअाेवादीसँगकाे तालमेल,भ्रष्टाचार जस्ता विषय उठानले पार्टीले हारेकाे र यस्ता विषयले अाफुलाई नि ग्लानि हुने गरेकाे धारणा राख्नुभयाे ।

कार्यक्रममा सासंद श्याम कुमार श्रेष्ठ कुशलले राजनीतिक स्थायित्व विना अार्थिक सामाजिक विकास हुन नसक्ने बताउनुभएको छ । अन्तरक्रियामा श्रेष्ठले विकासकाे पहिलाे अाधार राजनीतिक स्थायित्व रहेकाे बताउनु भएको हाे । नेकपा माअाेवादी केन्द्रका नेता समेत रहेका श्रेष्ठले भन्नुभयाे-“अहिले देश संक्रमणकालमा भएकाले तीनै तहकाे निर्वाचन सम्पन्न भएपछि संक्रमणकालकाे अन्त्य हुन्छ र त्यसपछि दिगाे विकास,स्थायित्व,दिगाे शान्तिले ठुलाे भुमिका खेल्छ ।” विकास अाफैबाट सुरू गर्नुपर्ने धारणा राख्दै श्रेष्ठले भन्नुभयाे -” जनप्रतिनिधिले अाफुले व्यक्त गरेका भावनात्मक र सैद्धान्तिक विषयलाई इमानदारीपूर्वक देखाउन सक्यौं भने विकास र समृद्धि त्यहि हाे ।” 

उहाँले रामेछाप सहित समग्र नेपालकाे विकास गर्नु जनप्रतिनिधिकाे दायित्व भएकाे हुने धारणा राख्नुभयाे । रामेछापकाे विकास गर्न स्थानीय जनप्रतिनिधि साथीहरू ढृढ इच्छा र संकल्पसहित अगाडि बढ्ने,प्रदेश/ संघ अहिले नभएको अवस्थामा केन्द्रबाट हामी सांसदले पहल गरे जिल्लाले निकै छिटाे फड्काे मार्ने उहाँकाे भनाइ थियाे ।

सांसद श्रेष्ठले पत्रकार राज्यकाे चाैथाे अंग मानिदै अाएकाले जनप्रतिनिधि र मिडियाविच अापसि सम्बन्ध स्थापित हुनुपर्ने बताउनुभयाे ।

यस्तै सांसद अाङटावा शेर्पाले विकासमा तेराे मेराे नभनि लाग्नुपर्ने बताउनुभयाे । उहाँले रामेछापका स्थानीय जनप्रतिनिधि,पत्रकारसँग समन्वय गर्दै समृद्ध रामेछाप बनाउन अाफ्नाे तर्फबाट लाग्ने बताउनुभयाे । 

कार्यक्रममा रामेछापका नवनिर्वाचित गाउँ तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखले अाफ्नाे क्षेत्रमा विकासका लागि भावि याेजना र कार्यक्रम प्रस्तुत गरेका थिए । उनीहरूले संचारमाध्यमसँग समन्वय गरेर अगाडि बढ्न अाफुहरू तयार रहेकाे बताए ।

यसैगरी त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश कुमार घिमिरेले जनप्रतिनिधिले राखेका विषयमा टिप्पणी गर्नुभयाे । उहाँले विकासका माेडलकाे बारेमा समेत चर्चा गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल दानबहादुर कार्कीको रिटमा तिहारपछि मात्रै सुनुवाइ हुने भ्रष्टाचारमा कसैले औँला ठड्याउन सकेको छैन, साढे चार वर्ष सरकार चलाउँछौँ : अर्थमन्त्री वाग्ले काठमाडौँ गोर्खाजले टस जित्यो, विराटनगर किङ्स पहिले ब्याटिङ गर्दै पार्टीको आधिकारिकताको राजनीतिक, कानुनी लडाइँमा एक सुकाको पनि लेनदेन छैन : गगन थापा लुम्बिनीसँग १६ रनले पराजित भयो जनकपुर नेप्से परिसूचक १२.९५ अंकले घट्यो प्रधानमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग शान्ति–सुरक्षाबारे ब्रिफिङ पूर्वाधार सम्मेलन ‘कानुन शोकेस’ का लागि हो : मन्त्री लम्साल लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा जनकपुर बोल्ट्सले टस जित्यो, लुम्बिनीविरुद्ध पहिले बलिङ गर्ने एनपीएल : बिहीबारको पहिलो खेल जनकपुर र लुम्बिनीबीच हुँदै सिंहदरबार र बालुवाटारमा कस्तो रमिता चलिरहेको हो ? भन्दै आङदेम्बेको सरकारमाथि प्रश्न एक साताभित्र अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय वार्ता हुने नेपाली कांग्रेसले बोलायो पदाधिकारी बैठक मालपोतका नायब सुब्बा एक लाख घुससहित पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि नवनियुक्त आईजीपी मनोज केसीलाई गृहमन्त्री गुरुङले लगाए दर्ज्यानी चिह्न