यही असार १७ गते हुन लाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

यही असार १७ गते हुन लाग"/>

2026-07-25 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङको उम्मेद्वारी (यस्ता छन् चुनावी एजेण्डाहरु)

जेठ ३०, काठमाडौं | नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव रोहन गुरुङले अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । 

यही असार १७ गते हुन लागेको बैदेशिक रोजगार ब्यबसायी संघको २५ औं साधारणसभामा गुरुङले उम्मेद्वारी घोषणा गरेका हुन् । गुरुङले बिभिन्न ६ समुहको संयुक्त व्यावसायिक समुहबाट उम्मेद्वारी घोषणा गरेका हुन् । 

गुरुङको पक्षमा कति ब्यबसायी छन् ? 

गुरुङलाई समर्थन गर्ने संयुक्त व्यवसायिक समुहमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, नेपाल वैदेशिक रोजगार तमुधी समाज, वैदेशिक रोजगार तामाङ व्यवसायी समाज, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाज र वैदेशिक रोजगार मगर समाज रहेका छन् ।

करिव ८१५ जना ब्यवसायीहरुको छाता संगठनको रुपमा रहेको बैदेशिक रोजगार ब्यबसायी संघको आगामी निर्वाचनमा गुरुङको पक्षमा दावेदारी बलियो देखिएको छ । उनको पक्षमा प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चबाट ३५४ जना, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चबाट ७० जना, नेपाल वैदेशिक रोजगार तमुधी समाजबाट ४७ जना, वैदेशिक रोजगार तामाङ व्यवसायी समाजबाट ७९ जना, विश्वकर्मा वैदेशिक रोजगार व्यवसायी समाजबाट २२ जना र वैदेशिक रोजगार मगर समाजबाट ३४ जना रहेका छन् । 

यस्ता छन् गुरुङको मुख्य चुनावी एजेन्डाहरु:-  

१. नीतिगत समस्या र समाधानको एजेन्डाहरु

– बैदेशिक रोजगार एन २०६४ संसोधन गर्न सरकारलाई  गर्ने ।

– फ्री-भिषा, फ्री टिकटको सट्टा प्रति कामदार १ महिनाको तलबलाई सेवाशुल्क बापत लिन पाउने बनाइने ।

– घरेलु कामदार निर्देशिका २०७२ संसोधन गराउने । 

– गन्तब्य मुलुकसँग श्रम-सम्झौता गराउन सरकारलाई दवाव दिने ।

– गन्तब्य मुलुकमा श्रम सहचारी नियुक्त गर्न सरकारलाई दवाव दिने ।

२. आन्तरिक समस्या र समाधानको एजेण्डाहरु: 

– ब्यबसायीहरु बीच रहेको अस्वस्थ प्रतिष्पर्धा ब्यबस्थापन गर्ने । 

– अबैधानिक बिचौलीया तथा एजेन्टहरुको बिस्थापित गर्नको लागि अनलाइन पोर्टल सफ्टवेयर बिकास गर्ने । 

– ब्यबसायीहरुले लिने सेवा/शुल्कबाट प्रति कामदार ३०० रुपयाँ रकम ब्यबसायी भलाई कोषमा जम्मा गर्ने  । कोषकै रकमबाट नयाँ गन्तब्य मुलुकको खोजी गरिने र कोषमा भएको पैसाबाट बैदेशिक रोजगार ब्यबसायी संघको आफ्नै भवन निर्माण गर्ने ।

– ब्यबसायी भलाई कोषबाट म्यानपावर ब्यवसायीको आकष्मिक निधन भएमा निजको परिवारलाई १५ लाख सहयोग गर्ने ।

– सोहि कोषबाट विदेशमा कम्पनी टाट पल्टिएको कारण अलपत्र कामदारलाई उद्दार गर्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक