जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोल गाडेको पाँच वर्षमा दुर्गममा बिजुली बल्यो

३१ जेष्ठ २०७४, बुधबार ०३:३२

जेठ ३१, पाल्पा । बिजुलीको पोल गाडेको पाँच वर्षमा बिजुली बत्ती बलेपछि दुर्गमका स्थानीयवासीमा खुसियाली छाएको छ । 

रामपुर नगरपालिकाको दुर्गम र अति विकट क्षेत्र वडा नं ३ र ४ का विभिन्न स्थानमा बिजुली बत्ती विस्तार गरिएको छ । नगरपालिकाको केन्द्रबाट झन्डै तीन घन्टाको पैदलमा पुगिने विकट क्षेत्र गैलुक, लामटाङ र लाँकुरीमा बिजुली बत्ती बलेपछि गाउँ नै यतिबेला उज्यालोमय बनेको छ । वर्षांैदेखि टुकी बालेर जीवन गुजारा चलाएका यहाँका स्थानीय बासिन्दालाई टुकी र लालटिन बाल्ने झन्झट सदाका लागि अन्त्य भएको छ ।

मोबाइल, लाइट चार्ज गर्नका लागि दैनिक दुई÷तीन घन्टाको पैदल हिँडेर अन्यत्र गाउँमा गएर जीवन चलाउँदै आएका यहाँका स्थानीय बासिन्दा यतिबेला खुसियालीमा छन् । 

साबिक दर्छा गाविसको रु पाँच लाख सहयोग, जिविस पाल्पाको रु ११ लाख, विद्युत् प्राधिकरण केन्द्रबाट रु १३ लाख, स्थानीय उपभोक्ताबाट उठाइएको रु १० लाख ५० हजार र स्थानीयवासीको जनश्रमदानबाट रु नौ लाख ५५ हजार ५०० गरी जम्मा रु ४९ लाख पाँच हजार ५०० को लागतमा विद्युत् विस्तार गर्न सफल भएको विद्युत् विस्तार समितिका लागि सचिव रुद्र नेपाली बताउनुहुन्छ । 

विद्युतीकरणबाट यस क्षेत्रका १८२ घरधुरीका स्थानीय बासिन्दा लाभान्वित भएका छन् । यहाँ बिजुली बलेपछि बत्ती बाल्न, खाना पकाउन, मोबाइल, लाइट चार्ज गर्न, टिभी हेर्न, रेडियो बजाउने सेवासुविधा उपभोग गर्न पाएपछि गाउँ नै परिवर्तन भएको ५३ वर्षीय सीता ज्ञवाली बताउनुहुन्छ । गाउँमा बिजुलीको पोल गाड्न थालेको लामो समय भएपनि सुविधा उपभोग गर्न पाइएकामा निकै खुसी लागेको उहाँले बताउनुभयो । 

गाविसबाट नगरपालिकामा परिणत हँुदा पनि विद्युत् सेवा सुविधाबाट टाढा रहेका यहाँका स्थानीय बासिन्दाले ढिलै भए पनि विद्युत् उपभोगको सेवा पाएपछि आफूलाई बल्ल नगरवासीको बासिन्दा भएको अनुभूति गर्न थालेका छन् । 

बुटवल पावर कम्पनी लिमिटेडमार्फत गाउँमा विद्युत् विस्तार गरिएको हो । रामपुर नगरपालिकाको केन्द्रदेखि टाढा, दुर्गम र अति विकटमा पर्ने गैलुक, लामटाङ र लाँकुरीमा ठूलो प्रयास तथा मेहनतले लामो समय लगाएर भएपनि बिजुली बाल्न सफल भएको विद्युत् विस्तार उपभोक्ता समितिका अध्यक्ष खेम राना बताउनुहुन्छ । 

“सामान लिन नगरपालिकाको केन्द्रमा दुईदेखि तीन घन्टाको समय खर्चेर जानुपर्ने, समयमा नै आवश्यक सामान पु¥याउन नसक्दा काममा निकै झन्झट बेहोर्नु प¥यो”, उहाँले भन्नुभयो । 

भौगोलिक कठिनाइ, बजारदेखि टाढा हँुदा भनेको समयमा सामान उपलब्ध गराउन सकिएन, कच्ची बाटो र सानो पानी परेपनि यातायात ठप्प हुने जस्ता समस्याका बाबजुद पनि गाउँमा विद्युत् विस्तार गर्न सफल भएको रानाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव