२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाता भन्छन- ‘पुल बनाइदिनेलाई भोट दिन्छौँ’

३१ जेष्ठ २०७४, बुधबार ०६:४५

जेठ ३१, झापा । मेचीनगरकै दुर्गम गाउँ मानिएको मेचीपारिको टापुमा रहेको १४ नं वडाका जनता स्थानीय तहको चुनावबारे अझै बेखबर छन् । 

जिल्लाका सबै गाउँबस्तीमा चुनावी लहर चलिरहँदा सो गाउँको झाडु, ग्लावा र होपना बस्तीमा मोटर बाटो नपुग्ने भएका कारण अहिलेसम्म कुनैपनि राजनीतिक दलका नेताले भोट माग्न नआएका कारण सुनसान भएको त्यहाँका बासिन्दा बताउँछन् । 

ज्यामिरगढीको यी तीन बस्तीलाई पूर्वतिर भारतीय बाँध र पश्चिमतिर मेची नदीले घेरेको छ । बगर र बाँधले घेरिएको मेची पारिको यो चर्चित टापुमा करिब ५० परिवारको बसोवास छ । उपेक्षित बस्ती हुनुको पीडा भोगिरहेका यहाँका बासिन्दाले यसपाली भोट माग्न आउने नेताहरुसंग एउटै प्रश्न सोध्ने भएका छन्–‘कहिले बनाउँछौ झोलुङ्गे पुल ?’ 

विसं.२०१० बसोबास शुरु भएको यहाँ अहिलेसम्म कयौँ नेता अनेक आश्वासन देखाएर भोटमाग्न आएपनि सिङ्गो नेपालसँग जोड्न यहाँ न सडक, न पुल, न बिजुली, नत सञ्चार सुविधा नै उपलब्ध गराएका छन् । 

स्थानीय नरेन्द्र यादवले भोट माग्न आउने उम्मेदवारसँग मेची खोलामा झोलुङ्गे पुल, खेतमा बाह्रैमास पानी लगाउने पैनी र तीन बस्तीलाई जोड्ने सडक बनाउन सर्त अघि बढाउने हुनुभएको छ । उहाँका अनुसार मेची नदीमा पुल नहुँदा बर्खामा तीन महिनासम्म नेपाली बजार र गाउँतिर आवतजावत गर्न नसकिने समस्या सुनाउँदै उहाँले भन्नुभयो–“त्यही कारणले स्कुल पढ्न पनि भारततिरै धाउनु परेको छ ।” 

होपना बस्तीका ८४ वर्षीय सुपल बास्केले चुनाव आउँदा आश्वासन दिने र जितेपछि फर्केर एकपटक पनि नआउने नेताप्रति गुनासो गर्नुभयो । उहाँले यसपाली भोट माग्न आउने नेताले पुल बनाउने प्रतिबद्धता नगरेसम्म भोट नदिने बताउनुभयो । आक्रोषित बास्केले भन्नुभयो, “हामी त भोट दिन्छौँ नि, तर नेताले हामीहरुलाईं केही दिन सकेनन् ।” 

मेचीपारिका अधिकांश गाउँका बासिन्दाले अझै पनि साँझ परेपछि मट्टितेलको सहारामा कुपिले उज्यालो छर्ने गरेको छन् । 

गाउँकी एक्ली उम्मेदवार 

मेचीपारिको गाउँबाट मरियम मुुर्मुलाई महिला कोटा सदस्यमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार बनाएको छ । करिब १०० मतदाता भएको यो स्थानमा उहाँ मुर्मु गाउँको एक्लो उम्मेदवार हुनुहुन्छ । मुर्मुलेले चुनाव जितेपछि सबैभन्दा पहिला मेची नदीमा पुल बनाउने स्थानीय जनतासँग बाचा गर्नुभएको छ । 

उहाँले अहिलेसम्म यो गाउँमा कुनै पनि राजनीतिक दलका नेता भोट माग्न नआएपनि नेपाली कँंग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी)का झन्डा राखिएको छ । उहाँ भन्नुहुन्छ–“झन्डा कस्ले आएर राख्यो हामीलाई थाहा छैन ।” 

मतदाता शिक्षा 

मेचीपारिका अधिकांशलाई मत हाल्ने तरिकासम्म थाहा छैन । निर्वाचन आयोगले बदर मत सङ्ख्या न्यूनीकरणका लागि चलाएको मतदाता शिक्षाबाट समेत यहाँका बासिन्दा वञ्चित छन् । स्थानीय ४५ वर्षीय आरुती यादवले मतदान गर्ने तरिका सिकाउन कोही पनि नआएको बताउनुभयो । उहाँले भन्नुभयो –“खै भोट हाल्नुपर्ने कुरा सुनेको छु तर कसरी दिने थाहा छैन ।” 

जिल्ला निर्वाचन आयोगका प्रमुख गोपालप्रसाद आचार्यले जिल्लाभर मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन भइरहेको छ तर कतै कहीँ छुटेको रहेछ भने अनुगमन गरी त्यस्ता स्थानमा पनि तुरुन्त पु¥याउँछौं ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन