मोहम्मद ईजहार शेष/जेठ ३१, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/जेठ ३१, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , "/>

2026-06-30 07:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा राजपाको आन्दोलनमा फोरम र नँया शक्तिको पनि समर्थन

2017-06-14


मोहम्मद ईजहार शेष/जेठ ३१, नवलपरासी । संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मोर्चा नवलपरासीमा आबद्ध चार दलीय गठबन्धन राजपा नेपालको आन्दोलनमा संघिय समाजबादी फोरम नेपाल , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति नेपाल नवलपरासीले पनि समर्थन जनाएका छन् । 

मोर्चाका जिल्ला संयोजक मुकुर्जि गिरीको अध्यक्षतामा आज परासीमा बसेको मोर्चाको बैठकमा समाजबादी फोरम , लोकतान्त्रिक फोरम र नँया शक्तिले समर्थन जनाएका हुन् ।

यि तिन दलहरुलाई राजपाको आन्दोलनमा समर्थन नजनाउन केन्द्रिय निर्देशन रहेपनि मधेसका मांग सम्बोधन गराउन मधेसबादी दलहरु जिल्लमा एकताबद्ध रहेकाले जिल्ला स्थित नेताहरुले नवलपरासीको आन्दोलनलाई समर्थन गरेका हुन् ।

यस अघिपनि ति दलका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरुले संयुक्त लोकतान्त्रिक मधेसी थरुहट मधेसी मोर्चा सँगै आन्दोनलमा होमिएका थिए । आजको बैठकवाट मोर्चाका नेताहरुले राजपा नेपाल , संघिय समाजबादी फोरम , नेपाल लोकतान्त्रिक फोरम र नँया शक्ति पार्टि नेपालको जिल्लामा मोर्चा बनाएर नै आन्दोलन गर्ने औपचारीक निर्णय गरेका छन् । 

राजपा र अन्य तिन दलका जिल्ला स्थित केन्द्रिय सदस्य , जिल्ला अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुको उपस्थितमा आज परासीमा गरेको बैठकमा परासी क्षेत्रका पाँचवटै स्थानीय तहमा आन्दोलन चर्काउनका लागि १ सय १ सदस्सीय आन्दोलन समिति गठन गरीएको राजपाका प्रवक्ता राधेरमण पाण्डेले जानकारी दिनुभयो । 

सरकारले राजपालाई बहिष्कार गरी असार २ गते मनोयन दर्ता गराउन पर्यत्न गरे राजपाको गठित समितिले मनोयन बिथोल्नका लागि आन्दोलन गर्नेछ । जस अन्तर्गत रामग्राम नगरपालिकामा नेपाल लोकतान्त्रिक फोरमका जिल्ला अध्यक्ष शुबास गिरीको संयोक्जत्वमा समिति गठन गरीएको छ । 

यस्तै पाल्हीनन्दनको संयोजकमा मुकर्जि गिरी , सरावल गाँउपालिकामा राधेश्याम चौधरी , प्रतापपुर गाँउपालिकामा रामपृत यादव र सुस्ता गाँउपालिकामा प्रेमचन्द्र गुप्ताको संयोक्जत्वमा आन्दोलन समिति गठन गरीएको छ । समितिहरुमा जिल्ला स्तरका नेता र सम्बन्धित स्थानीय तहका अगुवा कार्यकर्ताहरु रहेका छन् । 

यस्तै बैठकले मधेसबादी दलको मांग सम्बोधन नभएसम्म ति स्थानीय तहहरुमा असार २ गते उमेदवारहरुलाइ मनोयन दर्ता नगराउन र चुनावको प्रचार प्रसार रोक्नलाई मोर्चाले आग्रह समेत गरेको छ भने बन्द हडतालमा मोटरसाईकल चलाउन छुट दिईएपनि अब मोटरसाईकल चलाउदा कालो झण्डा बाधेर चलाउनु पर्ने मोर्चाले सर्वसाधरणलाई जानकारी गराएको छ । 

राजपाले आह्वान गरेको बन्दको दोस्रो दिन आज पनि सदरमुकाम परासी सहित दक्षिणि क्षेत्रको जनजिवन प्रभावित बनेको छ । आजपनि मधेसबादी दलका नेता तथा समर्थकहरुले बिभिन्न ठाँउहरुमा टायर बालेर नारबाजी गर्दै प्रदर्शन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ