टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय"/>

2026-07-25 01:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पामा एक बर्षपछि आधिकारिक ट्रेड यूनियनको कार्यालय स्थापना

टेक शाही/असार १, डोल्पा । एक बर्ष १२ दिन पछि डोल्पा जिल्लामा आधिकारिक ट्रेड यूनियनको कार्यालय औपचारिक रुपमा स्थापना गरिएको छ । बिहिबार दिउसो दुनैमा बिभिन्न स्थानिय बजा सहित बृहत र्याली गरेर ट्रेड यूनियनको कार्यालय स्थपना गरिएको हो । 

आधिकारि ट्रेड यूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाको अध्यक्षतामा प्रमूख जिल्ला अधिकारि केशवराज आचार्य प्रमूख अतिथिमा रहनु भएको थियो । जिल्लामा रहेका बिभिन्न कर्मचारि सँगठनका कर्मचारिहरुको उल्लेख्य उपस्थितिमा कार्यालयको स्थापना ब्यानर खोलेर गरिएको आधिकारि ट्रेड यूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाले जानकारि दिनु भयो । 

दुनै बजारमा र्याली गरेपछि जिल्ला समन्वय समितिको सभाहलमा अगरबत्ति र पानसमा बत्ति बालेर ब्यानर खोली प्रमूख जिल्ला अधिकारि केशब राज आचार्यले कार्यालयको औपचारिक रुपमा उद्दघाटन गर्नु भयो । उपस्थित कर्मचारिहरुको तर्फबाट मन्तब्य दिने क्रममा एक बर्ष पछि आधिकारि ट्रेड यूनियनको कार्यालय स्थापना हुदा दुखद भएको र एक बर्ष पहिले आधिकारि ट्रेड यूनियनको निर्वाचन हुदा गरेका चुनावि प्रतिबद्धता कर्मचारिका प्रतिनिधिले भुलेको प्रकाश खड्काले आरोप लगाउनु भयो । 

गएको २०७३ साल जेष्ठ १९ गते आधिकारि ट्रेड यूनियनको निर्वाचन पहिलो पटक भएको थियो । निर्वाचन भएको एक बर्ष सम्म पनि जिल्लामा कर्मचारिहरुको छाता सँगठनले आफनो कार्यालयको स्थपना गर्न नँसक्नु दुखदायि भएको र कार्यालय नै स्थानिा गर्न नँसक्ने ट्रेड यूनियनले कर्मचारिहरुको हक अधिकार शुनिस्चत गर्न सक्ला कि नँसक्ला भन्ने शँका रहेको जिल्लाका कर्मचारिहरुको दुखेसो रहेको छ । 

डोल्पा जिल्लामा हाल बिभिन्न राजनितिक दलका तिनवटा भातृ सरागठनहरु रहेका छन । नेपाली काँग्रेस निकट नेपाल निजामति कर्मचारि यूनिय सँघ,नेकपा एमाले निकट भातृ सँगठन नेपाल निजमति कर्मचारि सँगठन,माओबादि केन्द्र निकट कर्मचारिहरुको भातृ सँगटन नेपाल राष्ट्रिय कर्मचारि सँगठन गरि तिवटा कर्मचारिहरुको सँगठन रहेको छ । तर आधिकारिक ट्रेड यूनियन जिल्ला कार्या समितिमा भने अध्यक्षमा एमाले निकट कर्मचारि सँगठनका रहे पनि अन्य पदाधिकारिमा भने सबै सँगठनका पदाधिकारिहरु मिलाएर लगेको तिनवटै सँगठनले जानकारि दिएका छन । 

आधिकारि ट्रेड यूनियनको निर्वाचनका बेलमा धेरै खाले बिबाद र तिक्तता रहे पनि निर्वाचन पछि सबै एकै ठाँउमा बसेर छलफल र कर्मचारिहरुको हकहित र अधिकारका बिषयमा छलफल गरेको जिल्लाका बिभिन्न पदाधिकारिहरुले बताएका छन । एक बर्ष पछि भए पनि कार्यालय स्थापना भएको र अबका दिनमा देश स्थानिय तहमा गएको बेलामा कर्मचारि समायोजन देखि लिएर सुगम र दुर्गमका कर्मचारिहरुकोे सेवा सुबिधामा पनि हेरफेर हुनु पर्ने कर्मचारिहरुको माग रहेको छ । 

दुर्गममा बसेको कर्मचारिले सुगममा बसेको कर्मचारिको बराबर सेवामा जनतालाइ सेवा दिन नँसक्ने र दुर्गममा रहेका कर्मचारिहरुको बिशेष सेवा सुबिधाको ब्यवस्था हुने पर्नेमा जोड दिन आधिकारिक ट्रेड यूनियन जिल्ला कार्या समिति डोल्पालाइ कर्मचारिहरुले ध्यायनकार्षण गराएका छन ।  एक बर्षमा बिभिन्न खाले कामका समस्याका कारण कर्मचारिहरुको लागि काम गर्न नँसकेको र अब हरतरह लागि पर्ने र ढुक्क हुनमा आधिाकारिक ट्रेड यूनियन जिल्ला कार्या समिति डोल्पाका अध्यक्ष लगयात सबै पदाधिकारिहरुले प्रतिबद्धता समेत जनाएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक