८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

फोरमले छान्यो कैलालीमा उम्मेद्वार

२ असार २०७४, शुक्रबार ०८:५६

दिनेश ठकुल्ला/असार २, धनगढी । तराई केन्द्रित दलले विभिन्न माग गर्दै स्थानीय तहको चुनाव विरोधी गरिरहेका बेला विजय कुमार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने कैलालीका ११ वटा स्थानीय तहमा उम्मेद्वारको टुङगो लगाएको छ । 

१३ वटा स्थानीय तह रहेको कैलालीमा फोरमले चुरे गाउपालिका र माहेन्याल गाउपालिका बाहेकका स्थानीय तहमा आफना उम्मेद्वारको टुङगो लगाएको हो । सह–अध्यक्ष भानुराम चौधरीको उपस्थितमा आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फोरमले १ उपमहानगरपालिका, ६ नगरपालिका तथा ४ गाउपालिका गरि ११ तहका उम्मेद्वारको घोषणा गरेको हो । 

यद्यपी, चुनावी एजेण्डा र सहमति भए चुनावको अघिल्लो दिनपनि जुनसुकै पार्टीसग मिलेर चुनावमा जाने फोरमले बताएको छ ।  फोरमले ७ नम्बर प्रदेशको १ मात्र उपमहानगरपालिकाको मेयरमा प्रेम विसि तथा उपमेयरमा दुर्गा कुश्मीलाई उम्मेद्वार बनाएको जनाएको छ । 

त्यस्तै, गोदावरी नगरपालिकामा फोरमले महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएको छ । उक्त नगरपालिकामा फोरमले शारदा केसीलाई मेयर तथा मणिराम चौधरीलाई उपमेयरको उम्मेद्वार बनाएको छ । टिकापुर नगरपालिकाको मेयरमा लौटन राना, उपमेयरमा सुदेशनी चौधरी, लम्की चुहा नगरपालिकाको मेयरमा अरुण कुमार चौधरी, उपमेयरमा धनदेवी चौधरी, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी तथा उपमेयरमा धनवासि चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा चन्द्र कुमार चौधरी तथा उपमेयरमा चैती देवी विश्वकर्मा र गौरीगगा नगरपालिकाकोे मेयरमा खुसीराम चौधरी तथा उपमेयरमा शारदा चोधरीलाई उपमेयरको उम्मेद्वार बनाईएको पार्टी अध्यक्ष विजय कुमार गच्छेद्वारद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।  

कैलारी गाउपालिका प्रमुखमा कलेशु चौधरी तथा उपप्रमुखमा गितादेवी चौधरी, जोशीपुर गाउपालिका प्रमुखमा विरु प्रसाद चौधरी तथा उपप्रमुखमा किरण चौधरी, वर्दगोरीया गाउपालिका प्रमुखमा विर बहादुर डगौराथारु तथा उपप्रमुखमा कृष्ण कुमारी चौधरी, र जानकी गाउपालिका प्रमुखमा प्रदीप कुमार चौधरी तथा उपप्रमुखमा उमा महतोलाई उम्मेद्वार बनाएको फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध