२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

फोरमले छान्यो कैलालीमा उम्मेद्वार

२०७४, २ असार शुक्रबार ०८:५६

दिनेश ठकुल्ला/असार २, धनगढी । तराई केन्द्रित दलले विभिन्न माग गर्दै स्थानीय तहको चुनाव विरोधी गरिरहेका बेला विजय कुमार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले भने कैलालीका ११ वटा स्थानीय तहमा उम्मेद्वारको टुङगो लगाएको छ । 

१३ वटा स्थानीय तह रहेको कैलालीमा फोरमले चुरे गाउपालिका र माहेन्याल गाउपालिका बाहेकका स्थानीय तहमा आफना उम्मेद्वारको टुङगो लगाएको हो । सह–अध्यक्ष भानुराम चौधरीको उपस्थितमा आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै फोरमले १ उपमहानगरपालिका, ६ नगरपालिका तथा ४ गाउपालिका गरि ११ तहका उम्मेद्वारको घोषणा गरेको हो । 

यद्यपी, चुनावी एजेण्डा र सहमति भए चुनावको अघिल्लो दिनपनि जुनसुकै पार्टीसग मिलेर चुनावमा जाने फोरमले बताएको छ ।  फोरमले ७ नम्बर प्रदेशको १ मात्र उपमहानगरपालिकाको मेयरमा प्रेम विसि तथा उपमेयरमा दुर्गा कुश्मीलाई उम्मेद्वार बनाएको जनाएको छ । 

त्यस्तै, गोदावरी नगरपालिकामा फोरमले महिलालाई प्रमुख पदको उम्मेद्वार बनाएको छ । उक्त नगरपालिकामा फोरमले शारदा केसीलाई मेयर तथा मणिराम चौधरीलाई उपमेयरको उम्मेद्वार बनाएको छ । टिकापुर नगरपालिकाको मेयरमा लौटन राना, उपमेयरमा सुदेशनी चौधरी, लम्की चुहा नगरपालिकाको मेयरमा अरुण कुमार चौधरी, उपमेयरमा धनदेवी चौधरी, भजनी नगरपालिकाको मेयरमा केवल चौधरी तथा उपमेयरमा धनवासि चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा चन्द्र कुमार चौधरी तथा उपमेयरमा चैती देवी विश्वकर्मा र गौरीगगा नगरपालिकाकोे मेयरमा खुसीराम चौधरी तथा उपमेयरमा शारदा चोधरीलाई उपमेयरको उम्मेद्वार बनाईएको पार्टी अध्यक्ष विजय कुमार गच्छेद्वारद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।  

कैलारी गाउपालिका प्रमुखमा कलेशु चौधरी तथा उपप्रमुखमा गितादेवी चौधरी, जोशीपुर गाउपालिका प्रमुखमा विरु प्रसाद चौधरी तथा उपप्रमुखमा किरण चौधरी, वर्दगोरीया गाउपालिका प्रमुखमा विर बहादुर डगौराथारु तथा उपप्रमुखमा कृष्ण कुमारी चौधरी, र जानकी गाउपालिका प्रमुखमा प्रदीप कुमार चौधरी तथा उपप्रमुखमा उमा महतोलाई उम्मेद्वार बनाएको फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ