१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवालाई ब…त्कारी र रेणु दाहाललाई अश्लील गाली गर्नेमाथि कार्वाही गर्न माग

२ असार २०७४, शुक्रबार १५:१८

असार २, चितवन । एक पछी अर्को गर्दै सृंखलाबद्ध ढंगले सामाजिक संजालमा बिबिध राजनीतिक दललाई अश्लिल गाली गर्दै बिरोध गर्दा सरकारी निकायबाट त्यस्ता सामाजिक ब्यबहार हेर्ने कुनै निकाय छैन । गालि बेइज्जतिको सृंखला चलिरहँदा नतमस्तक भइदिँदा त्यस्ता कृयाकलाप बढ्दै गएको छ ।

त्यसैको उदाहरण यहाँ इंगित गरिएको छ:- 

प्रधानमन्त्री शेर बहादुर देउवा र भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवार नेतृ रेणु दाहाललाई सार्वजनिक रुपमा सामाजिक सञ्जालमा अश्लील गाली गरेपछि सामाजिक संजालमा एसबि बोहोराको नामबाट आएको फेसबुक स्टाटस भाइरल भएको छ । पछिल्लो समय प्रधानमन्त्रीलाई समेत व्यक्तिगत अश्लिल आरोप लगाइएको घटनालाई लिएर सामाजिक संजालको दुरुपयोगलाई उदाङ्गो बनाइएको छ ।

यसरी सामाजिक संजाललाई दुरुपयोग गर्दै गलत भाषा प्रयोग गरिएको यो नै पहिलो घटना भने हैन । तर सरकारी तवरबाट यस्ता सामाजिक अभिव्यक्ति दिनेमाथि खोजिखोजि कारवाही गर्न नसक्दा यस्ता घटनाले धेरैलाई अश्लिलता फैलाउन छुट दिए जस्तो बनाएको छ ।

पछिल्लो पटक फेसबुक मार्फत एस बी बोहरा अर्थात् सन्तोष बोहराले फेसबुकमार्फत रेणु दाहाललाई ‘भारतीय …..' भन्दै गाली गरेपछि सामाजिक सञ्जालमा बोहरालाई गाली बेइज्जती ऐन अन्तर्गत कारबाही गर्नुपर्ने माग उठेको छ । सामाजिक संजालमा आफुप्रति कांग्रेस माओवादीले धम्कि समेत दिएको लेख्ने बोहराको अभिव्यक्तिमाथि कडा आलोचना भएपछि बोहराले थप स्टाटस लेख्दै आफूलाई सहि सावित गर्ने प्रयास समेत गरेका छन् ।

बोहराले आफ्नो फेसबुकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई ‘सानो छँदा भैंसी ….त्कार गर्ने” भन्दै टिप्पणी गरेका छन् (तल स्क्रिनसटमा उनको स्टाटस देखाईएको छ) । 

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रमाथि यसरी टिप्पणी गर्नेलाई कानुन अनुसार कार्वाही हुने गृह मन्त्रालयले जनाएको छ । 

तर गृह मन्त्रालयले यो पनि बुझ्न जरुरी छ कि एसबि बोहोरा मात्र  त्यसरी अश्लिलतालाई प्रश्रय दिँदै सामाजिक संजालको दुरूपयोग गर्ने पहिलो पात्र होइनन् । यसरी मनमा जे आयो सामाजिक संजाललमा प्रकट गर्ने धेरै पात्रहरु छन् जो जुनसुकै राजनीतिक मुखपात्र भए पनि सरकारी निकायको निगरानीमा आउनैपर्छ । सामाजिक संजाल पनि हाम्रो दोश्रो समाज भएकाले सामाजिक संजालमा हुने बिकृतिलाई हटाउन सरकारले यथोचित नीति ल्याउन जरुरी छ । 

हेरौ एसबी बोहराका केही फेसबुक पोष्टहरु



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन