2026-06-17 01:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको जिल्लामा उम्मेदवार छनोटले खैलाबैला

2017-06-17

असार ३, डडेलधुरा । प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्लामा स्थानीय निकायको निर्वाचनमा उम्मेदवार छनौट विवादले खेलाबैला मच्चिएको छ । 

विवाद कांग्रेस सभापति समेत रहेका देउवा समक्ष पुगे पनि समाधान हुन सकेको छैन् ।  जिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र निवर्तमान सभापति रघुवर भट्ट पक्षबीच उम्मेदवार छनौटमा देखिएको विवाद छताछुल्ल भएको छ। दुबै पक्ष देउवाको छत्रछायाँमा हुर्केका भए पनि पछिल्लो पटक उम्मेदवार छनौटमा पानी बाराबारको अवस्थामा पुगेका छन् । 

मल्ल पक्षले एकलौटी रुपमा जिल्लामा ‘टिकट’ वितरण गरेको आरोप लगाएको छ। भट्ट पक्षले भने विधिअनुसार उम्मेदवार छनौट गरेको दाबी गरेको छ। विवाद यतिसम्म चुलिएको छ कि वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार छनौटमा मल्ल पक्ष सहभागी भएको छैन।

जिल्लामा मनोनयन गर्ने दुई दिन अघिसम्म भट्ट पक्षले वडा उम्मेदवार छनौट गरिरहेको बेला मल्ल पक्ष ‘बहिस्कार’ को अवस्थामा सदरमुकाममा भेटियो। डडेल्धुरा काग्रेस उपसभापति करुणाकर भट्टले सबैका नेता देउवा भएको उल्लेख गर्दै उम्मेदवार छनौट एकतर्फी भएको बताए। ‘वडा, गाउ, नगर समितिबाट सिफारिश भएका व्यक्तिलाई पुरै बेवास्ता गरियो’, उनले भने, ‘उम्मेदवारलाई टिकट वितरण एकतर्फी भयो, यसमा हाम्रो असहमति हो।’

भट्ट पक्षका एक नेताले जिल्ला पार्टी सभापति मल्लले वडा समितिबाट एक पक्षीय ढंगले उम्मेदवार सिफारिश गरेका कारण बिवाद भएको दाबी गरे। ‘सभापति पक्षले वडा समितिदेखि एकलौटी सिफारिश गऱ्यो, जिल्ला समिति बहुमतले त्यसलाई अस्वीकार गरेको हो’, ती नेताले भने, ‘विधिअनुसार उम्मेदवारलाई टिकट वितरण भएको हो। निर्वाचनपछि पार्टी पद्धतिअनुसार कार्वाही हुन सक्छ।’

डडेल्धुराका स्थानीय तहका लागि राजधानीबाट उम्मेदवार छनौट गरेपछि गत सोमबार र मंगलबार सदरमुकाममा मल्ल पक्षले हातमा कालोपटटी बाधेर बिरोध गरेको थियो। उक्त पक्षले बागबजारदेखि प्ले कार्ड बाकेर मौन जुलुश गरको थियो। उनीहरुले उम्मेदवार छनौट सच्याउनु पर्ने माग गरेको भए पनि प्रधानमन्त्री देउवाले बेवास्ता गरेको बताए। ‘शेरबहादुर दाइले चाहेमा अझै सच्याउन सक्नुहुन्छ’, करुणाकर भने, ‘शेरबहादुर र आरजू भाउजुलाई कुरा लगाउनेले विवाद समाधान गर्न दिएनन्।’

डडेल्धुरामा दुई नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवार छनौटमा एकतर्फी भएको दाबी मल्ल पक्षले गर्‍यो। ‘अजयमेरु गाउपालिकाको उपमेयरबाहेक कुनै पनि स्थानीय निकायमा एकलौटी भयो’, कांग्रेस महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले भने, ‘शेरबहादुर दाइलाई सबैको साझा नेता हुन नदिने पक्ष हावी भएकाले यो विवाद आयो।’

जिल्लामा विवाद भएपछि दुबै पक्ष देउवा निवासमा डेरा जमाएर बसेका थिए। अन्तत: भट्ट पक्षलाई देउवा पत्नी आरजूको समर्थन भएपछि विवाद झन् बढेको स्थानीय नेताको भनाइ छ। जिल्लाकी पुराना महिला नेतृ नारुदेवी ओझाले सभापति देउवाले पटकपटक अमगरगढी नगरपालिकाको उपमेयर बनाउने आश्वासन दिएको भए पनि अन्तमा नदिएको गुनासो गरिन्। -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ