2026-10-14 12:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मंगलसेन नगरपालिमा कांग्रसको जित सुनिश्चित: मेयरका उम्मेद्धवार ढुंगाना

पूर्णबहादुर खड्का | असार ४, अछाम | नेपाली कांग्रेसको तर्फबाट मंगलसेन नगरपालिकामा मेयर पदका उम्मेद्धवार चन्द्रप्रसाद ढुंगानाले मंगलसेन नगरलाई अछामकै सुन्दर तथा नमुना नगर बनाउने योजना रहेको बताउनु भएको छ । ‘नगरभित्रका सबै सडकलाई मापदण्ड र्पुयाएर कालोपत्रे गर्ने पनि लक्ष्य छ, उहाँले भन्नुभयो नगर क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारको पहिचान गरेर परिचय पत्र वितरण गरी उनीहरुको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम र तालिम ल्याइनेछ । घरघरमा विद्युत् जडान गरी मंगलसेनलाई उज्यालो नगरीका रुपमा विकसित गर्ने योजना रहेको समेत उहाँले बताउनु भयो । 

आज मंगलसेनमा मनोनयन दर्ता पछि पत्रकारहरु संगको संक्षिप्त भेटमा बोल्दै मेयर पदका उम्मेद्धवार ढुंगानाले भन्नुभयो व्यापक जनसहभागीता सहितको उत्साहले मनोनयन दर्ता भएको छ, जनताले विकास र परिर्वतन चाहेका छन कांग्रेस यो देशको परिर्वतनको संबाहक हो त्यसले हाम्रो जित सुनिश्चित छ । साथै उहाँले भन्नु भयो जनताले विगतमा भएका परिर्वतन र कामलाई विश्वास गर्ने भएकाले त्यसको उदाहरण कांग्रेससंग मात्रै भएको धारणा राख्नुभयो । 

कांग्रेसको नेतृत्वमा आएको प्रजातन्त्र, ३६ सालको जनमत संग्रह, ४६ सालको प्रजातान्त्रीक आन्दोलन तथा ६२।६३ मा जंगल पसेको माआवादी र प्रतिगम सच्चियो भनेर बसेको एमाललेलाई पनि कांग्रेसले नै शान्ति प्रक्रियमा ल्याउन सफल भएकोले जनताले कांग्रेसलाई बिजयी गराउने विश्वास व्यक्त गर्नुभयो । 

कांग्रेस अछामका उपसभापति समेत रहेका उम्मेद्धवार ढुंगानाले देशमा संबिधान सभाको चुनाव पछि ४ जना कम्नियूष्टहरुले नेतृत्व गरेपनि संबिधान दिन नसकेको भन्दै कांगैसकै नेतृत्वमा संबिधान, आर्थिक विकास भएकोले जनताले कांग्रेसलाई भोट दिने बताउनु भयो । साथै उहाँले स्थानिय स्तरमा भएका विकास, शिक्षा, स्वास्थ्य, गाविसमा जोड्ने सड्क संजाल, दलित आयोग, महिला आयोग लगायतका सबै परिर्वतन कांग्रेसका नेतृत्वमा भएको भनाई राख्नु भयो । 

एक फरक प्रसंगमा मेयर पदका उम्मेदवार ढुंगानाले भन्नुभयो सामाजिक सुरक्षा, न्याय र आर्थिक विकास पनि आफ्नो प्राथमिक्तामा रहेकाले जनताले आफुलाई बिश्वास गरेकाले जित सुनिश्चित भएको दाबी गुर्नभयो । बिगतको ईतिहासमा कांग्रेसले गरेको उपलब्धीको रक्षा गर्दै नेपालको सम्रग हितमा सबै क्षेत्रमा दृष्किोण पुर्याएर काम गरेर समृद्ध मुलुक बनाउने आधार कांग्रेसले खडा गरेको उहाँको भनाई छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव