सम्राट सिंह/असार ५, बझाङ । बझाङको सबैभन्दा विकट काँडा गाउँपालिका ५ मा नेकपा एमालेका उम्मेदवारको प्यानल नै निर्विरोध विजय भएको छ ।
अध्यक्षमा धनन्जय बोहरा महिला सदस्य अम्मरा देवि बोहरा, सदस्य डबल बोहरा र सदस्य कलु बोहरा र्निविरोध विजय भएका छन ।
असार ४ गते मनोनयन गर्दा अन्य दलका उम्मेदवार मनोनयन नदिएपछि नेकपा एमालेको प्यानल नै घोषणा भएको स्थानिय गोरख बहादुर बोहराले बताए ।
उनले भने काँडा गाउँपालिका ४ मा पनि नेपाली काँग्रेसकी दलित उम्मेदवार अमृता विक सदस्य पदमा र्निविरोध भएका छन ।
बझाङको सबैभन्दा दुर्गममा पर्ने काँडा गाउँपालिकामा अन्य वडाहरुमा सबै तीन वटै दलहरुले उम्मेदवारी दर्ता गराएका छन ।