2026-06-16 06:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसरी भित्रियो थवाङमा कम्युनिष्ट ?

२०७४ असार ६, मंगलवार


असार ६, काठमाडौं । थवाङमा २०१२ सालमा कम्युनिष्टको बीजारोपण भएको थियो । 

कृष्ण झाँक्री नामका मुखिया (राजा)ले गाउँमा सुँगुर, बंगुर, कुखुरा, कुकुर खुला नछोड्न आदेश गरे । झ्याली पिटाए । कटुवाललाई हाक हाल्न लगाए । तर, गाउँलेले टेरेनन् । स्थिति फेरिएन । अनि सुरु गरे मुखियाले जनावरमाथि आक्रमण । सुँगुर, बंगुर, कुखुरा, कुकुर रक्ताम्मे भएर घरगोठ पुगे । भरुवा बन्दुक, खुकुरी, भालाका घाउले जनावर हेरिनसक्नु भए । उनीहरुको घाउ पाके । विरोधमा बोल्ने हिम्मत कसैमा भएन ।

असाध्यै भएपछि बरमन बुढा (पूर्वसांसद) लगायतका युवाले प्रतिकार गरेका थिए । मुखियाले प्युठानबाट प्रहरी बोलाए । मुद्दा चल्यो, बरमन जेल पुगे । रोल्पा जिल्ला जन्मिएको थिएन, त्यसैले बुढालाई प्युठान कारागार पु¥याइयो ।

संयोगवश बुढाको भेट कम्युनिष्ट नेता मोहनविक्रम सिंहसँग जेलमा भयो । मोहनविक्रमले उनलाई कम्युनिष्टको शिक्षा दिए । बरमन थवाङ फर्केपछि थवाङमा कम्युनिष्ट राजनीति सुरु भयो । उनीपछि प्युठान कारागार पुगेका मुखिया कृष्ण झाँक्री पनि कम्युनिष्ट दीक्षित कार्यकर्ता भएर थवाङ फर्के ।

जेलबाट छुटेका मोहनविक्रम दाङ, सल्यान, रुकुम हुँदै थवाङ पुगेर कमिटी गठन गरी बरमन बुढाको नाममा मुखिया (राजा) पद हस्तान्तरण गर्न थालेपछि कम्युनिष्ट राजनीतिको औपचारिक सुरुवात भएको थियो । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते