२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तलबबिना पढाउने शिक्षक नगर प्रमुख उम्मेदवार

२०७४, ६ असार मंगलवार ०५:५०

गोपालप्रसाद पोखरेल/असार ६, मोरङ । कसैले तपाइँलाई बिना तलब काम गर भन्यो भने तपाइँ मान्नुहुन्छ ? शायद तपाइँ मान्नुहुन्न । तर यो मुलुकमा यस्ता पनि मानिस छन् । जो तलबै नलिइकन काम गर्छन् । 

तलबै नलिई विद्यार्थी पढाउने शिक्षासेवीको रुपमा शिक्षक राजकुमार लिम्बूलाई धेरैले चिन्ने गर्छन् र उहाँ बिना तलबै विद्यार्थी पढाउने गर्नुहुन्छ । बेलबारी बहुमुखी क्याम्पसमा उहाँ विसं २०६७ देखि बिना तलब निरन्तररुपमा बिबिएसमा व्यावसायिक अर्थशास्त्र विषय अध्यापन गराइरहनुभएको छ । 

हरेक मानिस आर्थिक उपार्जनको बाटो खोजेर पैसा कमाउने होडमा दौडिरहेका बेला राजकुमार लिम्बू भने “एक्लो बृहस्पति झुठो” बन्नुभयो र कलेजमा प्राध्यापन गरिरहनुभएको छ । कलेजमा प्राध्यापन गर्नु सम्मानित पेसा हो । 

हजारौँ प्राध्यापकले कलेजमा पढाइरहेका बेला उहाँले पढाउनु नौलो कुरा होइन तर पनि बिना तलब विगत आठ वर्षदेखि कलेज पढाउनु पक्कै नौलो कुरा हो । उहाँको पढाउने कला र दक्षताप्रति विद्यार्थी समेत नतमस्तक भएका छन् । 

क्याम्पसमा निःशुल्क पढाउनु चर्चित बन्नका लागि गरिएको नाटक मञ्चन त हैन नि ? भन्ने प्रश्नमा लिम्बूले आफ्नो भविष्यको लक्ष्यसमेत समाजसेवा भएका कारण आफू कहिल्यै त्यसो नगर्ने बताउनुभयो । 

उहाँको यस प्रकारको समाजसेवा हाम्रो समाजमा लोप भइसकेको छ । उहाँको समाजसेवालाई सलाम गर्नेको सङ्ख्या पनि कम छैन । यस प्रकारको समाजसेवाप्रति हामी पनि लाग्न सके समाज र राष्ट्रको समेत हित हुनसक्ने कुराप्रति कुनै दुईमत नहोला । 

दुईवटा विषयमा स्नातकोत्तर गरेका लिम्बूलाई यस क्षेत्रमा राजनीतिक र सामाजिक व्यक्तिका रुपमा नचिन्ने सायदै होलान् । पिता चन्द्रप्रसाद लिम्बू र माता कौशिल्यादेवी लिम्बूको पहिलो सन्तान राजकुमार लिम्बूको जन्म विसं २०२२ कात्तिक ६ गते धनकुटाको मौनाबुधुक गाविसमा तीन पुस्तके भन्ने ठाउँमा भएको थियो । 

उहाँले छ वर्षको उमेरदेखि शैक्षिक यात्रा सुरुवात गर्नुभएको हो । कक्षा ७ सम्म श्री बुधुक निमावि र त्यसपछि एसएलसीसम्म भानु मावि डाँडाबजारमा पढ्नुभयो । रोजगारीको सिलसिलामा करिब १० वर्षको जापान बसाईपछि नेपाल फर्किएर उहाँले सुकुना बहुमुखी क्याम्पसबाट दुईवटा विषयमा स्नाकोत्तर गर्नुभयो । 

बेलबारीको बसाइ सुरु भएपछि यो क्षेत्रमा क्रियाशील रुपमा काँग्रेसको राजनीतिमा होमिनुभयो । २०५७ सालमा नेपाल विद्यार्थी सङ्घको जिल्ला सदस्य बन्नुभयो । राजनीतिमा सक्रिय उहाँ २०५९ सालमा नेवि सङ्घको सहसचिव हुँदै २०६२ सालमा पार्टीको क्रियाशील सदस्य बन्नुभयो । २०६३ सालमा बेलबारी गाउँ कमिटिको सचिव र २०६७ सालदेखि गाउँ पार्टी सभापतिको रुपमा कार्य गर्नुभयो । 

मोरङको ग्रामीण क्षेत्रमा सफल प्राध्यापक र नेताको रुपमा समेत परिचित हुनुहुन्छ । स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । पूर्वोत्तर मोरङको बेलबारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुनुहुन्छ, राजकुमार । 

उहाँले बेलबारीमा रहेको एकमात्र बेलबारी बहुमुखी क्याम्पसको निर्माणमा ठूलो रकम सहयोग गर्नुभएका उहाँ सो क्याम्पस सञ्चालक समितिको सदस्य भएर चार वर्ष अघिदेखि निरन्तर शिक्षा क्षेत्रमा सेवा गरिरहनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से