2026-09-19 08:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दाङमा माओवादीले मात्र उठायो प्रमुख पदमा महिला उम्मेदवार

असार ६, दाङ । दलहरुले समानताको कुरा बेलाबेलामा उठाउने गरे पनि स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा यहाँ महिलाको प्रतिनिधित्व न्यून मात्रामा रहेको छ ।

यहाँका दलहरुले महिलालाई उपमहानगरपालिकामा उपप्रमुख र गाउँपालिकामा उपाध्यक्ष तथा वडाहरुमा सदस्यहरुको जिम्मेवारी दिए पनि प्रमुख र गाउँपालिकाको अध्यक्षमा भने एक दुईजना मात्रै महिलाको सहभागिता रहेको पाइएको छ ।

पछिल्लो सङ्घात्मक संविधानले किटान गरेको ३३ प्रतिशत महिला सहभागितालाई दलहरुले पूरा गर्न नसकेको महिलाले बताएका छन् । “हाम्रो माग त ५० प्रतिशत नै हो तर स्थानीय चुनावमा हाम्रो सहभागिता न्यून छ” – महिला नेत्री देविका नेपालीले भने।

अन्य समयमा दलहरुले भाषणमा महिला सहभागिताको कुरा गरे पनि त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको महिलाले गुनासो गरेका छन् । यसले गर्दा महिलाका बारेमा अझै पनि समान दृष्टिकोण नपुगेको महिला चन्द्रा वलीले बताए ।

“भाषण र दलहरुले महिलाको सवालमा चर्का कुरा गर्ने गर्छन् तर स्थानीय तहमा महिलालाई उपप्रमुखमै र उपाध्यक्षमै चित बुझाउनुपरेको छ, हामीहरुलाई पनि जिम्मेवारी दिए जुनसुकै काम पनि गर्न सक्छौँ”– उनले भने ।

यहाँ रहेका मुख्य दल नेपाली कांग्रेस, नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका, एउटा नगरपालिका र सातवटा गाउँपालिकामा कुनै पनि महिलालाई प्रमुख पदमा राखेको छैन भने नेकपा माओवादी केन्द्रले भने लमही नगरपालिकाको प्रमुखमा द्रोपती पौडेललाई प्रमुख पदको टिकट दिएको जनाएको छ ।

त्यस्तै, एमाले दाङले उपमहानगरपालिका ३८ वटा वडामध्ये तुलसीपुर उपमहानगरपालिकाको वडा नं ३ मा सुशीला आचार्य र राप्ती गाउँपालिकाको वडा नं १ मा रत्ना श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाएको नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले जानकारी दिए । उनले स्थानीयस्तरबाटै नाम छनोट गरी पठाउँदा कुनै पनि महिलाको नाम नआएको र आएको स्थानमा पार्टीले टिकट दिएको बताए ।

त्यस्तै, कांग्रेसले पनि दाङको एउटा वडामा मात्र प्रमुख पदमा महिलालाई वडाध्यक्षको टिकट दिएको छ । काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाको वडा नं ४ मा चित्रा गिरीलाई वडाध्यक्षको टिकट दिएको कांग्रेस दाङका जिल्ला सदस्य सुरेन्द्र खड्काले जानकारी दिए । उनले जिल्लाका अन्य स्थानमा महिलालाई सदस्यमा धेरै टिकट दिए पनि मुख्य पदमा भने कसैको प्रतिनिधित्व नभएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो