2026-09-19 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पाका चार पत्रकार चुनावी मैदानमा


असार ७, रोल्पा । रोल्पामा चारजना पत्रकार आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने गरी चुनावी मैदानमा उत्रिएका छन् । 

पत्रकारिता छाडेर यसरी जनप्रतिनिधि हुने आकाङ्क्षा लिएका पत्रकारमा दुई महिला र दुई पुरुष रहेका छन् । यसरी प्रतिस्पर्धामा उत्रने पत्रकारमा प्रेस युनियन रोल्पाका अध्यक्षसमेत रहेकी जुनकिरी सञ्चार साप्ताहिककी प्रकाशक सम्पादक कविता उपाध्याय सुवर्णावती गाउँपालिकाको उपाध्यक्षमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । 

सोही गाउँपालिकाको वडाध्यक्षमा नेकपा (एमाले)का तर्फवाट उमेदवारी दर्ता गराएका अर्का पत्रकार हुनुहुन्छ, शशीराम कुवँर । लामो समय माओवादी आन्दोलनमा लागेका कुँवर केही दिनअघि नेकपा (एमाले) प्रवेशसँगै पत्रकारितासमेत छोडी वडाध्यक्षमा लड्ने हुनुभएको छ । कुँवर लामो समय स्थानीय सञ्चारमाध्यममा कार्यरत पत्रकार हुनुहुन्थ्यो । 

जिल्लाको सुनछहरी गाउँपालिकाको वडाध्यक्षका प्रत्याशी रहेका अर्का पत्रकार हुन् अमरजित पुनमगर । सामुदायिक रेडियो जलजलाको स्थापनाकालदेखि नै कार्यरत पुनमगर नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा लड्ने हुनुभएको छ । 

नेपाल पत्रकार महासङ्घको ५ नं प्रदेश सभासद्समेत रहेका पुनमगर न्यूज २४ को जिल्ला संवाददातासमेत हुनुहुन्थ्यो । यसैगरी, पत्रकारिता त्यागेर जनप्रतिनिधि हुन चुनावी मैदानमा उत्रिएकी अर्की पत्रकार हुन् तेजकुमारी विष्ट । 

स्थानीय सञ्चारमाध्यममा काम गर्ने विष्ट नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा रोल्पाको कोषाध्यक्षसमेत हुन् । विष्ट सुवर्णावती गाउँपालिकाको १ नं वडाबाट नेपाली काँग्रेसका तर्फबाट महिला सदस्यमा प्रतिस्पर्धा गर्दैहुनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई