२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

के चकलेट खाँदा डन्डीफोर आउँछ? के हो वास्तबिकता?

२०८१, २१ आश्विन सोमबार १३:०३

काठमाडौँ | चकलेट र डन्डीफोरबीचको सम्बन्धबारे लामो समयदेखि विभिन्न धारणा छन्। विशेषगरी चकलेट वा गुलियो खानेकुराका कारण डन्डीफोर आउने भनाइ लोकप्रिय छ। तर, यसमा सत्यता कति छ त?

सन् १९६० मा गरिएको अध्ययनले चकलेट र डन्डीफोरबीच कुनै सम्बन्ध नदेखाए पनि, अध्ययनलाई आलोचना गरिएको थियो। पछिल्ला अध्ययनहरूमा भने चकलेटलगायत पश्चिमी आहारमा प्रशोधित फ्याट, चिनी र दूधका सामग्री धेरै हुने कारणले डन्डीफोर हुन सक्ने देखाइएको छ।

डन्डीफोर भनेको छालाको समस्या हो, जहाँ कपाल उम्रिने ‘हेयर फोलिकल्स’ तेल र मृत कोषहरूले बन्द हुन्छन्। किशोरावस्थामा यो समस्या आनुवंशिक कारणले बढी देखिन्छ, तर वयस्क महिलाहरूमा पनि देखिन थालेको छ। छालारोग विज्ञ बेबे डु-हारपरका अनुसार, तेल उत्पादनमा आनुवंशिकता महत्त्वपूर्ण भूमिका खेल्छ।

खानेकुराले छालामा सुजन गराउँछ, जसले डन्डीफोरलाई बढाउन सक्छ। खासगरी चिनी धेरै भएको आहारले रगतमा इन्सुलिनको मात्रा बढाएर छालामा सुजन गराउँछ र डन्डीफोर उत्पन्न हुन्छ।

सन् २०२० मा गरिएको एक ठूलो अध्ययनले पश्चिमी आहार र डन्डीफोरबीच सम्बन्ध रहेको देखाएको थियो। यसमा प्रशोधित कार्बोहाइड्रेट, चिनी, फ्याट र दूधबाट बनेका खानेकुराहरूले डन्डीफोर निम्त्याउन सक्छन्।

तर, चकलेट आफैँले डन्डीफोर निम्त्याउँछ भन्ने कुरा भने सिधै प्रमाणित भएको छैन। डार्क चकलेटमा चिनी कम हुने भएकाले, यसले छालामा सुजन कम गर्नसक्ने बताइएको छ। –बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा