2026-10-14 12:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुन्छ: शाह


कमल रावल/असार ९, अछाम । नेकपा एमालेका वैकल्पिक केन्द्रिय कमिटी सदस्य प्रकाश शाहले प्रदेश नम्बर ७ का सबै जिल्लामा एमाले पहिलो शक्ति हुने बताउनु भएको छ । 

चुनावि प्रचारप्रसारका क्रममा जनताको घरदैलो, टोल, सभामा पुगिरहदा एमाले प्रति जनताको ब्यापक लहर रहेकाले जित सुनिश्चित देखिएका बताउनु भयो । नेकपा एमाले मंगलसेन नगरसँगठन कमिटी वडा नम्बर १२ को बान्नातोलिमा भएको चुनावि सभालाई सम्बोधन गर्न पुग्नु भएको अछाम ईञ्चार्ज समेत रहेका शाहले काग्रेस माओावादिको गठनबन्ध एमालेलाई वलियो शक्ति बनाउन मात्र भएको बताउनु भयो । 

अछाममा भएको गठबन्ध कुनै असर नपार्ने बताउदै नेता कार्यकर्ता जनताको पक्षमा लाग्न आग्रह गर्नु भयो । असार १४ पछी जनताले काग्रेस माओवादिलाई नपात्याएर एमाले पार्टी सबै जनताको रोजाई हुने बताउनु भयो । 

परिवर्तनकारी नेताले भरिएको एमाले पार्टी भएकाले अछामको प्रत्येक क्षेत्रको बिकास प्रत्याभुत एमालेका उम्मद्धारले गराउने बताउनु भयो । वडा अध्यक्ष पदका उम्मेद्धार भरत बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा मगलसेन नगरपालिकाका मेयर पदमा उम्मेद्धार पदम बहादुर बोहराले सबैको आशा केन्द्रको विश्वास आफु भएकाले जिताउन आतुर भएका बताउनु भयो । 

विकासका लागि आफुुले वोलेर मात्र नभएर गरेर देखाउने प्रतिबद्धता जनाउनु भयो । 

कार्यक्रममा उपमेयरका उम्मेद्धार सरिता उपाध्याय, जिल्ला कमिटी सचिवालय सदस्य बल बहादुर सोडारी, मिभ जनाला, जिल्ला कमिटी सदस्य नयन सोडारी, लिला केसि, जिल्ला सल्लाहकार सदस्य खड्क बहादुर बिष्ट, प्रदेश नम्बर ७ समन्वय सम्पर्क कमिटी सदस्य भिम बहादुर रावल कालोटोपि, अनेरास्वीयु केन्द्रिय सचिवालय सदस्य केशरी रेग्मी लगाएतले मन्तव्य राख्नु भएको थियो । तारा प्रसाद गरिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बम बहादुर रावतले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव