प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा म"/>

2026-09-19 04:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बदर मत घटाउन मतदाता शिक्षा

प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा मतदान गरौ,आफ्नो मताधिकारको प्रयोग गरौ’ भन्ने मुल नारालाई जिल्लामा बिशेष जोड दिएको निर्वाचन कार्यलय डोटीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यलयले आईतबार देखि  मतदाता परिचयपत्र वितरण सँगै मतदान केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत नन्दि राज ओझाले बताएका छन् ।

निर्वाचन कार्यालयले आइतबार देखि मंगलबार सम्म तीन दिन बिहान ७ बजे देखि साँझ ७ः३० बजे सम्म सो कार्यक्रम राखेको निर्वाचन अधिकृत ओझाले बताए ।

कार्यालयले जिल्लामा सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । 

मत बदर हुन नदिन र  सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत ओझले जानकारी दिनु भयो । हरेक स्वयम सेबकलाई मतदान केन्द्रमा मतदाता परीचयपत्र लिन आउनेलाई भित्तामा टाँसेको मत पत्र को अवलोकन गराउने समेत अधिकृत ओझाले बताए । उहाँका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ ।

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एकरएक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयले मतदातालाई आइतबार देखि मंगलबार सम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ । कार्यालयका अनुसार १० गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी खटाइने र ११ गतेदेखि मतदाता परिचयपत्र वितरणको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेल बताएका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा कुल एक लाख १ हजार २१ मतदाता रहेका छन् । जसमा महिला ५४ हजार ८ सय ४९ र पुरुष ४६ हजार १ सय ७२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई