2026-11-03 12:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल

काठमाडौँ | प्रमुख प्रतिपक्षी दलहरू सरकारले जनहितका मुद्दामा लापरवाही देखाएको भन्दै एकजुट हुन थालेका छन्। शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा प्रतिपक्षी दलका शीर्ष नेताहरूले सरकारको कामकारवाहीको समीक्षा गरेका हुन्।

बैठकमा नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, आम जनता पार्टीसहितका दलका नेताहरू सहभागी थिए।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतका अनुसार बैठकले सरकारले बाढी, पहिरो जस्ता विपद्‌को समयमा प्रभावकारी कदम चाल्न नसकेको र जनताको अपेक्षाअनुसार काम गर्न असफल भएको निश्कर्ष निकालेको छ।

‘जनताको चासो र सरोकारका विषयमा सरकार संवेदनशील देखिएन। जिम्मेवारीको बोध नगरेको र गम्भीरता नदेखाएकोमा सबै दल असन्तुष्ट छन्,’ नेता बस्नेतले भने।

बैठकले तत्काल सरकारलाई जनसरोकारका विषयमा ज्ञापनपत्र बुझाउने र ध्यानाकर्षण पत्रमार्फत दवाव दिने निर्णय गरेको छ। यद्यपि, सरकारको व्यवहारमा सुधार नआए विशेष अधिवेशन बोलाउनुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि प्रतिपक्षी दलहरूले दिएका छन्।

‘यदि सरकारले जनताको माग र सरोकारमा बेवास्ता गर्न जारी राख्यो भने विशेष अधिवेशनको आह्वान गर्नेबारे पनि छलफल भएको छ,’ बस्नेतले भने।

प्रतिपक्षी दलहरूबीचको सहकार्यले सरकारलाई जनउत्तरदायी बनाउन दवाव दिने र आवश्यक परे कडा कदम उठाउने रणनीति तयार पारेको नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य सर्वोच्च अदालतको ५ बुँदे निर्णय सार्वजनिक, निष्पक्ष छानबिन गर्न आग्रह सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु बिचौलिया प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ : कांग्रेस महामन्त्री पौडेल सर्वोच्चमा ४ घन्टादेखि पूर्ण बैठक जारी काठमाडौँ गोर्खाजले टस जितेर पहिले बलिङ रोज्यो, कर्णाली ब्याटिङमा मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफलमा छौँ : प्रचण्ड कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्री शाहको घोषणा : एक महिनाभित्र सबै पालिकाबाट जग्गासम्बन्धी सेवा सञ्चालन गरिन्छ