2026-09-19 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

मोरङमा चुनावी प्रचारप्रसारमा तीव्रता

असार ९, विराटनगर । निर्वाचनको तिथि नजकिँदै जाँदा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

मोरङको एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहका विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना कार्यकर्ताका साथ चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् । 

प्रत्येक उम्मेदवारले विकास निर्माण, सरसफाइ, नगर तथा गाउँलाई हराभरा बनाउने, जनताको काम छिटो छरितो गर्नेलगायतका नारा दिएर मतदातालाई आकर्षित पार्न घरदैलो, चुनावीसभा, कोणसभालगायतका कार्यमा जुटेका छन् । 

विराटनगर महानगरपालिकामा चुनावी सभा, ¥यालीका साथै घरदैलो कार्यक्रममा सक्रिय विभिन्न राजनीतिक दलले आ–आफ्ना योजनाका साथ मतदाताको मन जित्न लागिपरेका छन् । 

महानगरपालिको निर्वाचनमा नेपाली काँग्रेस र राप्रपा एकल रुपमा निर्वाचनमा सहभागी भएका छन् भने प्रमुख र उपप्रमुख पदका लागि नेकपा(एमाले) र विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम नेपाल संयुक्त रुपमा चुनावी मैदानमा छन् । 

यस्तै, प्रमुख र उपप्रमुख पदका लागि सङ्घीय समाजवादी फोरम नेपाल र नेकपा (माओवादी केन्द्र) संयुक्त रुपमा चुनावी मैदानमा उत्रेका छन् । यी चार पार्टीबीच भएका गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुने सम्भावना प्रवल भएको बताइएको छ । 

नेपाली काँग्रेसले कुनैपनि दलसँग गठबन्धन नगरी प्रमुख, उपप्रमुखलगायत महानगरको १९ वटै वडाका अध्यक्ष र सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । अन्य दलले पनि सोही अनुरुपमा वडामा उम्मेदवारी दर्ता गराएका हुन् । 

पार्टीको अवस्था मजबुत रहेका कारण कुनैपनि दलसँग गठबन्धन नगरेको नेपाली काँगे्रसका नेता बताउँछन् । एक लाख १४ हजार मतदाता रहेको विराटनगरमा स्थानीय तहको निर्वाचनमा पार्टीगत आधार भन्दा स्थानीय समस्या, उम्मेदवारको आचरणले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै जातीय, क्षेत्रीय र भाषिकलगायतका विषयले पनि महत्वपूर्ण प्रभाव पार्ने यहाँका विश्लेषको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई